काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुनकाण्डमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। दिनका दिन क्विन्टलका क्विन्टल सुन तस्करी हुने गरेको तर भरिया मात्र पक्राउ परेको भन्दै उनले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
‘क्विन्टलका क्विन्टल सुन आउँदा दोषको भागीदार हामी सबै सांसद हुन्छौँ। विचरा भरियालाई कस्टडीमा राख्ने प्रपञ्च रचिँदैछ,’ उनले भने, ‘सुन तस्करीका मुख्य व्यक्ति पक्राउ नपरेसम्मका लागि अनुसन्धानलाई सहयोग गर्न अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ। यदि यो काण्डका मुख्य व्यक्ति पक्राउ पर्दैनन् भने यही संसदमा आमरण घोषणा गर्छु।’
उनी बोल्नुअघि एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए। तर उनले बोल्न थालेपछि एमालेका सांसदहरूले ताली बजाएर स्वागत गरेका थिए।


