काठमाडौँ- ग्लोकल टीन हिरो नेपाल २०२३ को बारेमा जानकारी दिनका लागि नेपालका सातै प्रदेश विद्यालयहरूमा एक्टिभेसन कार्यक्रम सम्पन्न भएको छ। ग्लोकल प्रालिले गरेको कार्यक्रममा नेपालका विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तर्क्रिया गरी एक्टिभेस कार्यक्रम सम्पन्न गरेको हो।
प्रतिभाशाली किशोरकिशोरी भेटिएको र यस वर्ष पनि भव्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भइरहेको छ ग्लोकल नेपालले जानकारी दिएको छ। ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरमा ८००+ विद्यालयहरुमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गरेका छन्। हामीले कार्यक्रम गर्दा बिभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरेका थियौ। यसै अनुरुप नगर बाल सन्जालको आयोजना र मालिकार्जुन दार्चुला सेवा समितिको सहकार्यमा धनगढीमा एक्टिभेसन कार्यक्रम संचालन भएको थियो।
ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली.को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ। गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको छ। आवेदन भर्ने अन्तिम मिती जुलाई ३० निर्धारण गरिएको छ।
देशभरिका प्रभावशाली किशोरकिशोरी आफैमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नविन आयाम बोकेका हुन्छन्। सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले इमेलमार्फत निशुल्क आवेदन भर्न सक्छन्। यस बाहेक, तपाईहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नु हुनेछ। हरेक वर्षझैँ यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ। देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडिएका छन्।
ग्लोकलप्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा ग्रुप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा युएनएचसीआर, भारतीय दूतावास, बि पी कोइराला इंडिया– नेपाल फाउन्डेसन्, भारतीय दूतावास, संघीय गणतन्त्र जर्मनीको दूतावासस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, नेपाल टेलिकम, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्या ग्रुप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूल र रियल् जुसस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौँ इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटी र कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेजस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस चिकित्सा पार्ट्नरमा डाक्टर अन कलस समर्थकमा भ्यू योर् चोइस रहेका छन्।


