काठमाडौं– कांग्रेस नेता विमलेन्द्र निधिले सानेपा मुख्यालयमा २ साउनदेखि बुधबारसम्म चलेको केन्द्रीय समिति बैठकमा सहभागीलाई रात्रिभोज आयोजना गरेका छन्। निधिले कांग्रेस केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना गरेका हुन्।
रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसदलगायतको उपस्थिति थियो।
सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गरेकोमा धन्यवाद दिएका थिए। नेता निधिले सबैलाई स्वागत गरेका थिए।


