काठमाडौं–नेपालमा जी.डब्लु.एम सवारीसाधनको आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्सले एभरेष्ट बैंकसँग सम्झौता गरेको छ। सम्झौतापछि आईसीई सवारीसाधन हाभल जोलायन, हाभल एच६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारीसाधन खरिद गर्दा ग्राहकले फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा भीजी इम्पेक्स जी.डब्लु.एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंकका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकले अधिकतम ७ वर्षे अवधिका लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम शून्य प्रतिशत ऋण उपलब्ध गराउनेछ। ३ वर्षसम्मको कर्जा अवधिका लागि न्यूनतम १० प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनेछ।


