काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरस्थित पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार बिहान कृष्ण मन्दिरको दर्शन गरेका हुन्।
राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए। राष्ट्रपतिले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन गरेका थिए।
पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।


