काठमाडौँ- ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा साँझ चार बजेदेखि ६ बजेभित्रमा टिकट काटेमा दुई सय रुपैयाँसम्म क्यासब्याक पाउने फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ।
सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा साउन सातदेखि २६सम्म दुई सय क्यासब्याक पाउने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार आइएमई पेमा भएका सबै आन्तरिक एयरलाइन्सको टिकटमा सो सुविधा रहेको छ।
सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक समेत पाउने कम्पनीले जानकारी दिएको छ।


