काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दै छ। सिंहदरबारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक गतिविधि, सरकारका काम–कारबाहीलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष डोलप्रसाद अर्यालले बताए।
आज प्रतिनिधिसभा बैठक पनि बस्ने कार्यसूची छ। संसद् बैठकमा जानुअघि सांसदसँग छलफल गर्न बैठक बस्न लागेको उनको भनाइ छ। प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।


