काठमाडौं– सत्तारढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। आइतबार बेलुकी बस्ने भनिएको पदाधिकारी बैठक एकाएक स्थगित भएपछि आजका लागि सारिएको थियो।
बैठक बिहान ८ बजे बालुवाटारमा बसिरहेको माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए।
१७ साउनबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो। पार्टीका विधान अधिवेशनलगायत विषयमा छलफल गर्न माओवादीले १७ साउनमा केन्द्रीय समिति बैठक बोलाएको हो।


