काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउनका लागि काठमाडौं महानगर प्रहरी डोजर लिएर त्यसतर्फ प्रस्थान गरेको छ। डोजर लिएर प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको हो।
राप्रपाको कार्यालय भवन हाइटेन्सन लाइनमुनि बनेकाले महानगरले खाली गर्न आदेश दिएको थियो। आइतबारसम्मको अल्टिमेटम दिइएकोमा राप्रपाले खाली नगरेपछि महानगरले डोजर लगाउने तयारी गरेको हो।
महानगरले डोजर लिएर हिँडेपछि राप्रपा कार्यकर्ता केन्द्रीय कार्यालयमा पुगेका छन्। डोजरलाई अवरोध गर्ने उनीहरूक तयारी छ।
राप्रपा कार्यालय भत्काउनका लागि महानगर प्रहरीका एसपी राजु पाण्डेको नेतृत्वमा ३०० नगरप्रहरी खटिएका छन्।


