काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण कुरा भनेको राष्ट्रिय एकता भएको बताएका छन्। कांग्रेस नुवाकोटद्वारा आयोजित खिर खाने कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।
‘संविधानलाई स्थायी रुपमा अगाडि बढाउँदै यसमा भएका कमीकमजोरीको उपचार गर्ने प्रशस्त ठाउँ छ,’ उनले भने, ‘अहिले नै त्यो सुधार्ने ठाउँ नहोला। भोलिका दिनमा हुनसक्छ। तर अहिलेको महत्वपूर्ण कुरा राष्ट्र हो। राष्ट्रिय एकता हो। राष्ट्रको सार्वभौमसत्ता हो।’
सभापति देउवाले नेपालमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्व अन्त्य गर्नुपर्ने बताए।


