जनकपुरधाम- मधेश प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई मन्त्रीलाई शपथ दिलाएका हुन्।
सोमबार कांग्रेसका मोहमद समिम र जनमत पार्टीका चन्दन सिंह मन्त्री बनाइएका हुन्। समिमले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउँदा सिंहले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
मधेशमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो। योसँगै मधेश प्रदेशमा मन्त्रीको संख्या १४ पुगेको छ।
जसपाकी सुरिताकुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ।



