काठमाडौँ- उच्च अदालत पाटनले निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिमाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश आदेश जारी गरेको छ। आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक गरेपनि आफूहरूलाई जरिमाना गरिएको भन्दै रास्वपाका सांसदहरूले हालेको रिट निवेदनमा सुनुवाई गर्दै जरिमाना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
यो विषयमा थप छलफल गर्न अदालतले दुवै पक्षसँग छलफल गर्न साउन २२ गते बोलाएको छ। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले प्रतिनिधि सभाका एक जहार ३७ र प्रदेश सभाका १ हजार ३ सय ९८ जनालाई १५ हजार जरिमाना गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले आयोगको निर्णयविरूद्ध अदालतमा रिट लिएर पुगेका थिए।


