२०८३ कार्तिक १३ गते बिहिबार

संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने सम्भावना

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन १६
sambaidhanik parisad baithak
फाइल तस्बिर

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि २० साउनमा सकिने भए पनि हालसम्म न्यायालय हाँक्ने नेतृत्व चयन गर्न सरकार असफल भएको छ।

संवैधानिक प्रावधानअनुसार पदावधि सकिन एक महिना बाँकी हुँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गरिनुपर्ने हो। तर, सत्ता, प्रतिपक्षी दलबीच संवैधानिक पदमा भागबन्डा नमिल्दा सर्वोच्चमा भावी प्रधानन्यायाधीसमेत सिफारिस हुन सकेका छैनन्।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षताको संवैधानिक परिषद् बैठक आज बस्दै छ। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ। विभिन्न संवैधानिक पदमा बाँडीचुँडी गर्न सत्तारुढ दल र एमालेबीच बार्गेनिङ भइरहेको छ। सोही सिलसिलामा मुख्य प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री प्रचण्डले बारम्बार र कांग्रेस सभापति देउवाले समेत भेट गर्दै आएका छन्।

आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। संवैधानिक परिषद् बैठक बोलाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरिरहेका छन्।

आज बस्ने बैठकले हालका प्रधानन्यायाधीश कार्कीपछि वरीयतामा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई न्यायालय हाँक्ने नेतृत्वमा सिफारिस गर्ने सम्भावना छ।

प्रकाशित: २०८० साउन १६ गते मङ्गलबार ०९:३१
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना