काठमाडौँ– प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ। सुन तस्करी काण्डको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध जनाउने भएपछि बैठक स्थगति गरिएको हो।
यसअघि साउन १५ गते पनि बैठक स्थगित भएको थियो। साउन १५ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी साउन १६ गते मंगलबार दिनको १ बजे बस्ने गरी तोकिएको थियो।
अब साउन २२ गते सोमबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको संसद सचिवालयले जानकारी गराएको छ।



