काठमाडौँ- कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्। मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै पत्र लेखेर उनले राजीनामा दिएका हुन्।
गौतमले राजीनामापत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन्। कांग्रेस, माओवादी, नेकपा एस र जसपा एकठाउँमा हुँदा पनि एक मतले प्रदेशसभामा बहुमत नपुगेपछि सभामुख गौतमलाई राजीनामा गराउन बाध्य पारिएको हो। यद्यपि उनी यसका लागि तयार थिएनन्।
कांग्रेसले यसअघि पनि सभामुखलाई राजीनामा गराएर प्रदेशसभामा बहुमत पुर्याउने प्रयास गरेको थियो। तर केन्द्रले हस्तक्षेप गरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख भएकै अवस्थामा मुख्यमन्त्री नियुक्ति प्रक्रियामा समर्थन गराएका थिए।
राजीनामा दिएपछि उनले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।
गौतमले प्रदेशको स्थायित्वका लागि आफूले राजीनामा दिन बाध्य भएको प्रतिक्रिया दिएका छन्। पत्रकारहरुसँग कुरा गर्दै गौतमले भने, ‘प्रदेशको विकास र स्थायlत्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन,’ उनले भने, ‘तर परिवेशले मलाई त्यहाँ पुर्यायो।’


