धरान- आइएमई लाइफ इन्स्योरेन्सको कोसी प्रदेश कार्यालयले धरान उपमहानगरपालिकामा वृक्षरोपण गरेको छ। कम्पनीको छैटौँ वार्षिकोत्सवको अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षरोपण अभियानमा एक हजार बिरुवा प्रदान गरेर वृक्षरोपणमा पनि सहभागिता जनाएको हो ।
आइएमई लाइफको कोसी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयले मेयर साम्पाङको वृक्षरोपण अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले बिरुवा प्रदान गरेको जनाइएको छ ।
अभियानमा दुई सयभन्दा बढी कर्मचारीले श्रमदान गरेको कम्पनीले जनाएको छ। अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको उल्लेख छ। आगामी दिनमा पनि यस प्रकारका क्रियाकलापहरूमा सहभागिता जनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ।
