काठमाडौँ- आईटी र ई–कमर्स कलेज सफ्टवेरिकाले कलेज परिसरमा स्मार्ट टेक्नोलोजीसम्बन्धी प्रदर्शनी ‘टेक एक्सपो’ सम्पन्न गरेको छ। जुलाई २७ देखि जुलाई ३० सम्म प्रदर्शनी गरीएको हो।
राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौँको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए।
कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तनहरू थिए। मुख्य आकर्षण रोबोटको लडाकु “रोबो वार” थियो जहाँ कार्यक्रमको अन्तिम दिन टोली “भाइपर स्ट्राइक” ले रोबो वार जित्यो र “काजाडोर” उपविजेता बनेको थियो।
विजेता टोलीले क्रमश: ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए। कार्यक्रमको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन्।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ।


