काठमाडौँ– नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति अझै विस्तार गर्न विधान संशोधन गर्ने भएको छ। बुधबार बसेको स्थायी समिति बैठकले विधान संशोधन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको हो।
३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादीको छ। ‘सिनियर’ नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने तयारी गरिएको हो।
सोही बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णयसमते गरेको छ। यसअघि माओवादीले केन्द्रीय समिति बैठक सामाजिक सञ्जालबाट लाइभ प्रसारण गर्ने बताएको थियो। स्थायी समितिका थुप्रै सदस्यले विरोध गरेपछि केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरिएको हो।
माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक बुधबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ।


