काठमाडौं–संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने कार्यसूची छ। आज संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ।
आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।
अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।


