काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपराहन् ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक पार्टी मुख्यालय बालाजुस्थित चःमतिमा बस्नेछ।
समसामयिक राजनीतिक परिस्थितिबारे केन्द्रीय सदस्यलाई अपडेट गराउन बैठक डाकिएको उपसभापति डोलप्रसाद (डिपी) अर्यालले बताए। बैठकका लागि एजेन्डागत कार्यसूची नरहेको उनको भनाइ छ।
आागामी मंसिरमा पहिलो महाधिवेशन गर्ने तयारी थालेको रास्वपाले यसलाई आजको बैठकमा पनि छलफलमा ल्याउनेछ।
रास्वपाको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको छ।
रास्वपा विधानमा १ सय २१ सदस्यी केन्द्रीय समिति रहने भनिए पनि हाल केन्द्रीय समिति ३९ सदस्यीय मात्रै छ। निर्वाचित रास्वपा सांसदलाई केन्द्रीय समितिमा मनोनीत गर्ने तयारी गरेको रास्वपाको छ।प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ सांसद मात्रै केन्द्रीय समितिमा समेटिएका छन्।


