काठमाडौँ- डा सिके रावत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए।
बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने छ।
साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ। उक्त बैठकमा वडाअध्यक्ष/नगर प्रमुख/उपप्रमुख/गाउँपालिका अध्यक्ष/उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताए।


