काठमाडौं– नेकपा माओवादी केन्द्रले २२ जना केन्द्रीय सदस्य थप गरेको छ। योसँगै माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ। केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिलालाई केन्द्रीय सदस्य बनाइएको हो।
थपिएका सदस्यहरू आजदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्। बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्ड ३५ प्रतिशत महिला पुर्याउन २२ जना थप्ने प्रस्ताव गरेका थिए।
को–को बने केन्द्रीय सदस्य?
आङदावा शेर्पा
इन्दिरा अधिकारी
उमा कपाली
उर्मिला विक
गंगा खड्का
गिताकुमारी कँडेल चौलागाईं
गिता शाही
छमकुमारी खनाल
दिलमाया बूढामगर
नीरमाया श्रीस
नीशा न्यौपाने
पार्वती थापा
भगवती तिवारी
मोतिकला चलाउने
लालकुमारी पुन
लिला शर्मा
सपना परियार
सीता दाहाल
सुशिला घिमिरे
सुशीला पौडल
सूर्यकुमारी विक
शरू चौधरी


