२०८३ कार्तिक १२ गते बुधबार

२२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १२
nrb

काठमाडौं- नेपाल राष्ट्र बैंकले अल्पकालीन आन्तरिक उठाउनका लागि ट्रेजरी बिल जारी गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले २८ दिनमा परिपक्व हुने, ९१ दिनमा परिपक्व हुने, १८२ दिनमा परिपक्व हुने र ३६४ दिनमा परिपक्व हुने गरी ट्रजरी बिलबाट २२ अर्ब १० करोड २५ लाख रुपैयाँ उठाउन लागेको हो।

२०८० वैशाख १२ गते परिपक्व हुने गरी २८ दिने ट्रजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, असार १२ गते परिपक्व हुनेगरी ९१ दिने ट्रजरी बिल मार्फत ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, असोज ९ गते परिपक्व हुने गरी १८२ दिने ट्रजरी बिलअन्तर्ग ६० करोड रुपैयाँ उठाउन लागिएको हो।

२०८० चैत १३ गते परिपक्व हुनेगरी ३६४ दिने ट्रजरी बिल मार्फत ५ अर्ब गरी कुल २२ अर्ब १० करोड रुपैयाँ बराबरको अल्पकालीन आन्तरिक ऋण राष्ट्र बैंकले उठाउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

ट्रेजरी बिल खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्थाले चैत १३ गते ३ बजेसम्ममा बोलकबोल प्रक्रियाका लागि आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकको अनलाइन प्रणालीमा मार्फत बोलकबोल प्रक्रियामा सहभागी हुनु पर्नेछ। बोलकबोलमार्फत प्राप्त निवेदनका आधारमा राष्ट्र बैंकले चैत १४ गते ट्रेजरी बिल जारी गर्नेछ।

चैत ६ गते भएको बलोकबोलका आधारमा २८ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ८.६८ प्रतिशत, ९१ दिने ट्रेजरी बिलको ९.४२ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको ९.४१ र ३६४ दिने ट्रेजरी बिलको ९.६ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले सो समयमा २३ अर्ब ७८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो।

प्रकाशित: २०७९ चैत १२ गते आईतबार ०१:१९
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना