काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्।
संसद्मा जारी गतिरोधका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। कांग्रेसको संसदीय दल कार्यसमितिमा देउवासहित, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।
सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ।


