काठमाडौं– सांसद सुनिल शर्मा पक्राउ परेका छन्। नेपाली कांग्रेसका सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको हो।
शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्। ‘उहाँले म्यासेज गरेर मलाई घर (मण्डिखाटार) बाटै पक्राउ गरिएको जानकारी गराउनुभएको छ,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने।
प्रहरी स्रोतले पनि शर्मालाई पक्राउ गरिएको पुष्टि गरेको छ। सिआइबीले भने यसबारे कुनै जानकारी दिएको छैन। उनलाई पक्राउ गर्नुको कारणबारे खुलाइएको छैन। उनले सय किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना गर्दै आएका थिए।


