काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको हो।
बैठकमा बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले शर्माको पक्राउ परेको भन्दै आपत्ति जनाएकी हुन्।
‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो। अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति,’ उनले भनिन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र माथि छानविन गर्न शर्मालाई पक्राउ गरेको थियो।


