काठमाडौं– प्रतिनिधिसभाको बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो। बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै अवरोध गरेको हो।
एमालेकी सांसद् ज्वाला कुमारी साहले आकस्मिक समयमा बोलेकी थिइन्। त्यसपछि सत्ता पक्षका सांसदले पनि समय मागेका थिए। तर,सभामुख देवराज घिमिरेले सभा चलाउने तजबिज आफूसँग रहेको जवाफ फर्काएका थिए। लगत्तै एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो र घिमिरेले साउन २९ गते दिनको १ बजेसम्मका लागि बैठक स्थगित गरे।


