काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद् अवरोध भएका दिनको सेवा सुविधा नलिने भएका छन्।
सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर संसद् अवरुद्ध भएका दिनको कुनै पनि सेवा, सुविधा नलिने जानकारी गराएका हुन्।
‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु,’ उनले सभामुखलाई भनेका थिए। यस्तै लामिछानेले सभामुख घिमिरेलाई संसद अधिवेशन नियमित गर्न पहल गर्न आग्रह समेत गरेका छन्।
