काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाली राजनीतिमा विवेकभन्दा आवेग हावि भएकोले समस्या भएको बताएका तर्क गरेका छन्।
काठमाडौंमा नेपाली कलासाहित्प डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष-परीक्षा सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले नेपाली राजनीतिमा विकेक भन्दा आवेग हावि भएको तर्क गरे। आवेग कम गरेर विवेक प्रयोग गर्ने हो भने भोलिदेखि नै संसद चल्ने उनको भनाइ छ।
‘विवेकलाई भन्दा आवेगलाई अलि बढि प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘राजनीतिको मंचमा पनि विवेकलाई अलिकति केन्द्रमा राखेर आवेगलाई अलिकति निषेधित गरिदिने हो भने यो देशको संसद भोली नै सुरु हुन सक्छ। संसद चल्न सुरु हुन्छ। संसदमा हामी राम्रोसंग बहस गर्न सक्छौँ।’
नेपालीहरुमा आफूलाई चाहिएको कुरा अरुले गरिदिउन् भन्ने चाहानाले समस्या बढेको बताए।


