२०८३ कार्तिक १२ गते बुधबार

कोसीको पानीदेखि सुरु भएको नेपथ्यको टोकियो साँझ राष्ट्रिय झण्डा उठाएर सकियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
nepathya_tokyo

टोकियो- मंगलबार बेलुकी तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो–
‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’

यो पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको ताल थियो।

त्यसको लगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजकै बीच गायक अमृत गुरुङले गाउन सुरु गरे–

‘कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर
आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरन हौ हजुर’

यसरी स्वदेश सम्झाउने गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ प्रारम्भबाटै हलचल मच्चिएको थियो।

त्यो क्रमलाई ‘भेँडाको ऊनजस्तो’ले झनै तीब्रता दियो। त्यसपछि आफ्नो सर्वकालीक हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्याण्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको देखिन्थ्यो।

त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे।

‘यो तीन दशकभन्दा लामो यात्रामा तपाइँहरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच साँगीतिकदेखि लिएर मिलन विछोडसम्मका अनेक यादहरु छन्।’
यसरी ब्याण्डका पुराना सदस्यहरुलाई एकपटक सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए –
‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’

अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरुको तस्बिर देखाइएको थियो।

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरुको उपस्थितीसँगै केहि जापानी अनुहार पनि देखिन्थे। तिनैमध्ये टोकियोमै रेष्टुरेन्ट व्यावसाय चलाउँदै आएका नारुओ पनि थिए।

‘मैले एउटा बेग्लै र गजबको साँगीतिक साँझ अनुभूति गरेँ,’ नारुओ भन्दै थिए, ‘शब्द बुझ्न नसकेता पनि त्यसका भाव र संकेतहरु ठम्याउँदै रमाउन सकिने संगीत थियो।’

उनले कन्सर्ट अवधिभर आफूलाई समुद्रका छालहरुसँगै बगिरहेको जस्तो महशुस भएको पनि सुनाए।

नेपाल पुगेका एक साथीले दिएको सुझावका आधारमा यो कन्सर्ट हेर्न आएको बताउने नारुओले आजसम्म आफु भने त्यो मुलुक घुम्न नपाए पनि यो कन्सर्ट हेरेपछि आफुमा घुम्न जाने अठोट भरिएको बताए।

कार्यक्रमको मध्यतिर ‘यो जिन्दगानी’ गीत सुनाउनु अघि अमृत फेरि बोल्न तम्सिए। त्यतिबेला उनले साँगीतिक मात्र नभइ सामाजिक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दैआएको नेपथ्यका बारे ब्याख्या गरे।

‘समाजले बेहोर्नु परेका अनेक चूनौतिहरुकै क्षण हामीले आफ्नो भूमिका पनि फराकिलो पार्दैआएका छौं,’ उनले भने, ‘वालवालिका, शिक्षण संस्था, द्वन्द्वकालीन समाजका लागि समर्पित हुदै आएका हामीले पछिल्लो समय भने मानवताका पक्षमा आफूलाई उभ्याएका छौं।’ बितेको एक वर्षदेखि मानव सेवा आश्रमसँग मिलेर ‘मानवताको लागि संगीत’ अभियान सुरुभएकोमा अहिले जापानको यात्रा पनि त्यसैको निरन्तरता रहेको उनले स्पष्ट पारे।

‘नेपालमा हिजोआज सडकमा आश्रित मानिसहरुको संख्यामा निकै कमी आएको छ,’ अमृतले भने, ‘जसका कोहि हुदैनन् उसैको पक्षमा उभिँदै हामी पनि तपाइहरुसम्म आइपुगेका छौं।’

स्थानीय समयअनुसार बेलुकीको ठीक साढे छ बजे सुरुभएको कन्सर्ट सोह्रवटा गीत र दुइवटा म्यूजिक भिडियो देखाएर दुइघन्टाभन्दा बढी अवधि चलेको थियो। सँधैझैँ अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ सम्म आइपुग्दा हलभरि जताततै दर्शकहरु नृत्य गरिरहेका देखिन्थे।

‘टोकियोमा सप्ताहान्त बाहेकका दिन दर्शक जुटाउनै मुश्किल होला भन्ने लागिरहेको बेला मंगलबार आयोजित कार्यक्रम पनि भब्य र सभ्य रुपमा सम्पन्न भयो,’ स्थानीय आयोजक टोलीका सुभाष लामिछानेको प्रतिक्रिया थियो, ‘यो उपस्थिती देखेर सबै अचम्म मानिरहेका छौं।’

सुभाषका अनुसार कन्सर्ट हेर्नका लागि परको जापानी सहर होकाइडो मात्र नभइ दक्षिण कोरियादेखि आएका दर्शकहरु पनि देखिन्थे।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लोपटक भने पाँच वर्षअघि त्यहाँको प्रसिद्ध टोकियो डोममा ब्याण्डले लोकरक सुनाएको थियो।

मंगलबार बेलुकीको कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल) ले सघाएका थिए।

यसअघि जापानको तीनवटा सहरमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजना अनुरुप दुइ दिनअघि यहाँ आइपुगेको १४ सदस्यीय नेपथ्य टोलीलाई नारिता विमानस्थलमा स्थानीय आयोजकहरुले स्वागत गरेका थिए।

टोकियो कन्सर्ट सम्पन्न भएसँगै अब आगामी प्रस्तुती फुकुओका सहरमा हुनेछ। साउन २७ गते (१२ अगस्त)का दिन त्यहाँस्थित ‘फुकुओका सिभिल हल’मा नेपथ्य गुञ्जनेछ।

फोटो: दिपितराज न्यौपाने/नेपालय

प्रकाशित: २०८० साउन २८ गते आईतबार ०३:१६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना