२०८३ साउन १३ गते बुधबार

वार्षिक लाखभन्दा बढीको कारोबार गर्नेको केवाईसी अपडेट गर्न राष्ट्र बैंकको निर्देशन 

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १४
nrb

काठमाडौँ– वार्षिक १ लाख रुपैयाँसम्म कारोबार गर्ने मर्चेन्टको ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्न नेपाल राष्ट्र बैंकले निर्देशन गरेको छ। भुक्तानी प्रणाली एकीकृत निर्देशनमा संसोधन गर्दै राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई निर्देशन परिपत्र जारी गरेको हो।

बैंक तथा वित्तीय संस्था बाहेक संस्थालाई जारी गरिएको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्वन्धी व्यवस्था कार्यान्वयन गर्नका लागि परिपत्र जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

सरलीकृत ढंगबाट मर्चेन्ट आवद्ध गर्न छुट्टै फारम तयार पारी व्यवसाय वा मर्चेन्टको नाम, व्यवसायको ठेगाना, सम्पर्क नम्बर, व्यवसायको प्रकृति, कारोबार गर्ने भौगोलिक क्षेत्र, अनुमानित मासिक कारोबारको संख्या र रकमको विवरण समावेश गर्नुपर्ने छ।

उक्त विवरणलाई पुष्टि गर्ने कागजात पनि समावेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। दर्ता भएको व्यवसायको हकमा व्यवसाय दर्ता विवरण, व्यवसायको अस्तित्व पुष्टी हुने कागजात, व्यवसायको स्थलगत निरिक्षण गरेर वा भरपर्दो भिडियो वा फोटो मार्फत प्रमाणीकरण लगायतका कागजात उपलव्ध गराउनुपर्ने बताइएको छ।

यसैगरी व्यवसायको प्रकृति ,कारोबार गर्ने भौगोलिक क्षेत्र,अनुमानित मासिक कारोबार संख्या तथा रकम सम्वन्धमा प्रोपाइटरले गरेको लिखित घोषण समेत समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी व्यवसायिक संस्थाले प्रोपाइटरको समपुष्टि गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ। जसमा प्रोपाइटरको नाम, ठेगाना, सम्पर्क नम्बर,नागरिकता वा राष्ट्रिय परिचयपत्र , प्यान नम्बर राख्नुपर्ने भएको छ।

कुनै पनि संस्थामा एकभन्दा बढी प्रोपाइटर भएमा सबैको विवरण भुक्तानी सेवा प्रदायकले राख्नुपर्ने व्यवस्था गरिएको छ। कुनै पनि व्यवसायमा परिवार बाहेक अन्य व्यक्ति पनि संलग्न रहेको शंका लागेमा त्यसको पहिचान गर्न पनि भुक्तानी सेवा प्रदायकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ।

यसैगरी मर्चेन्टमा आवद्ध भएका व्यक्तिहरुको विवरण अद्यवाधिक गर्नपनि राष्ट्र बैंकले भनेको छ। ग्राहक पहिचान विवरणनुसार कारोबार मेल नखाएमा, ग्राहक पहिचान विवरणमा उल्लेखित सुचना, जानकारी तथा तथ्याङ्कको सत्यता र पर्याप्तताका बारेमा शंका लागेमा , जोखिम मूल्याङ्कन गर्दा उच्च जोखिम देखिएमा केवाईसी अद्यावाधिक गर्नुपर्ने सुविधा भुक्तानी प्रदायकहरुलाई राष्ट्र बैंकले दिएको छ।

यसैगरी संस्थाले अप्रत्यक्ष वा अप्रत्यक्ष, औपचारिक वा अनौपचारिक प्राप्त गरेको सुचनाका अद्यवाधिक गर्नुपर्ने देखिएमा केवाईसी अपडेट गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: २०७९ चैत १४ गते मङ्गलबार ०२:०९
प्रतिक्रिया

थप समाचार

rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना