काठमाडौँ- थाइल्यान्डबाट आएकी खुशी कार्की पहिलो संस्करणको मेरो डान्स युनिभर्सकी विजेता बनेकी छन्। शनिबार राति प्रसारण भएको फाइनलमा विजेता घोषित भएसँगै खुशीले नगद रु एक करोड रुपैयाँ नगद पनि प्राप्त गरेकी छन्।
उनलाई जोय पपया सन र हिमालय फेसवासका तर्पबाट आकर्षक गिफ्ट र सलिकोको तर्फबाट १४ लाखको बिमा प्रदान गरिएको छ।
प्रतियोगिताको फर्स्ट रनर अप बनेका देवी गर्बुजामगरले नगद रु ३० लाखको चेक प्राप्त गरिन्। सेकेन्ड रनर अप मिङ्मा डी लेप्चालेले नगद रु २० लाख प्राप्त गरेका छन्।
प्रतियोगितामा फोर्थ रनर अप बनेका नेपालका नेसन सुस्लिङ मगरले ५ लाख प्राप्त गरे। प्रतियोगितामा थर्ड रनर अप बनेका स्वस्तिक अर्यालले नगद रु ५ लाख हात पारे।
कल्चरल डान्सतर्फ नेपाल प्रहरीको टिम प्रथम भएको छ। उसले नगद रु २० लाख पाएको छ। कल्चरल डान्समा भारती पिक्चर्स ग्रुप सेकेन्ड रनर अप भएर नगद रु ५ लाख प्राप्त गरेको छ। कल्चरल डान्समै फर्स्ट रनर अप बनेको धरान नृत्यकला प्रतिष्ठानले नगद रु १० लाख पाएको छ। यसका साथै थुप्रै व्यक्ति तथा संस्थाले विजेताहरूलाई नगद तथा जिन्सी उपहार प्रदान गरेका थिए।
विजेताहरूलाई परराष्ट्रमन्त्रि एनपी साउदले माला पहिराइदिएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रफी प्रदान गरे। मेरो डान्स युनिभर्स प्रतियोगिता आयोजक इन्ट्रा फाउन्डेसन डिल्ली अधिकारीले विजेतालाई पुरस्कार बमोजिमको चेक हस्तान्तरण गरे। यस्तै फूलको गुच्छा ऊर्जामन्त्री शक्ति बस्नेतले प्रदान गरी सम्मान गरेका थिए।


