काठमाडौँ- विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उदेश्यले सुरु भएको ‘हेरिटेज पेजेन्टस्’को सन् २०२३ संस्करणको तयारी सुरु भएको छ। आयोजक ई-प्लानेट सिंगापुरले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करणको तयारी सुरु भएको जानकारी दिएको हो।
आगामी नोभेम्बरमा थाइल्यान्डमा हुने प्रतियोगिताको अध्यक्षमा ई-प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन्। प्रतियोगीतामा मिस तर्फ १८ देखि २७ र मिसेस्तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ।
हेरिटेज पेजेन्टले शान्ति, वातावरण, पर्यटन, संस्कृति र विश्वव्यापी सम्पदालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
सन् २०१४ मा नेपालबाट सुरु भएको प्रतियोगिता सन् २०१५ मा भारतको नयाँदिल्ली भएको थियो। सन् २०१६ मा श्रीलंका, सन् २०१९ मा सिंगापुर, सन् २०२२ मा मलेसियामा आयोजना भएको थियो।
