२०८३ कार्तिक १४ गते शुक्रबार

एमाले माग सम्बोधन भएपछि संसद् खुल्ने संकेत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, भदौ ५
sarvadaliya
सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको निर्णय गरेको हो। फाइल तस्बिर

काठमाडौं– ३ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवैध एक क्विन्टल सुन (गालेपछि ६० केजी) तस्करी प्रकरणको उच्चस्तरीय छानबिन माग गर्दै १० साउनदेखि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ।

सुरुमा सत्ता गठबन्धनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सुन तस्करी प्रकरणबारे छानबिन भइरहेकाले अर्को उच्चस्तरीय समिति अनावश्यक भएको भनेर एमालेलाई जवाफ फर्काएको थियो। राजस्व अनुसन्धान विभागको टोलीले फेला पारेको अवैध सुन प्रकरणको छानबिन यतिबेला सीआईबीले गरिरहेको छ।

तर, संसद्को मुख्य प्रतिपक्षी एमालेले उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिइरहेका बेला सोमबार राजनीतिक दलहरुबीच उच्चस्तरीय छानबिन समिति गठनका लागि मोटामोटी सहमति भएपछि संसद् अवरोध खुल्ने संकेत देखिएको हो। सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति जुटेको छ।

सोमबार राती सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी एमालेले उठाउँदै आएको उच्चस्तरीय समिति बनाउन दलहरु सहमत भएका हुन्। बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ। सुन प्रकरणबारे छानबिन गर्न बनाइने समितिको कार्यादेश र त्यसको संरचना आज टुंग्याइनेछ।

उच्चस्तरीय समितिको कार्यादेश र संरचनाको मस्यौदा आज तयार पार्न लागिएको हो। उच्चस्तरीय समिति गठनका लागि कांग्रेस नेता रमेश लेखक, एमाले नेता सुवास नेम्बाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको छ। कार्यदलले आज बिहान ११ बजेसम्म समितिको मस्यौदा तयार पार्नेछ। यसलाई अन्तिम रूप दिन आजै दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्नेछ।

एमाले माग सम्बोधन भएकाले आजदेखि अवरोध हट्ने नेताहरूको भनाइ छ। ‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ भनेर एमालेले राखेको अडान सम्बोधन हुने भएपछि संसद् अवरोध गर्दैनौं’, एमालेका प्रमुख सचेतक पद्म गिरीले भने, ‘उच्चस्तरीय छानबिन समिति बनाउने सहमतिमा सरकार कायम रह्यो भने संसद् खुल्छ।’

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनमा सत्तारुढ दलसँग सहमति भएपछि संसद् अवरोध हट्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यसका लागि मस्यौदा तयार पार्ने कुरा भएको छ। अब संसद खुल्नेमा विश्वस्त छु।’

सत्तारुढ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसद् अवरोध अन्त्य गर्न सबै विकल्प र सम्भावनामा छलफल भएको बताए। ‘सोमबारको बैठकमा सकारात्मक छलफल भएको छ। आज फेरि बैठक बसेर यो विषय टुंगो लगाउँछौं। ‘अब एमालेले संसद् अवरोध गर्नुहुँदैन।’

अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने कार्यसूची छ। बैठक दिउँसो ३ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको एमालेले आज भने अवरोध नगरिने बताएको छ।

सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् अवरोध खुलाउन तीन दलीय, बहुदलीय पार्टीको बैठक बसाले पनि अहिलेसम्म सहमति भइसकेको छैन। आज मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले पनि संसद् खुलाउन बहुदलसँग छलफल गर्दै छन्।

प्रकाशित: २०८० भदौ ५ गते मङ्गलबार ०७:४४
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना