२०८३ कार्तिक १२ गते बुधबार

ताली : पहिचान, अस्तित्व र समानताको लडाइँ

 |  सचिन्द्र श्रेष्ठ
Sanket

सचिन्द्र श्रेष्ठ

काठमाडौँ, भदौ ९
taaali

‘तँ के बन्न चाहन्छस्’ भनेर कक्षामा मेडमले गणेशलाई सोध्दा ‘म आमा बन्न चाहन्छु’ भनेर जवाफ दिने गणेश नन्दन (कृतिका देव)को आफूलाई म अरुभन्दा केही फरक छु भनेर पहिचान चिनाउनुको संघर्ष नै ‘ताली’ वेभ सिरिजको कथा हो। ‘पुरुष कहिल्यै आमा बन्न सक्दैन’ भनेर कक्षाकोठामा मेडमको जवाफ पाएसँगै कक्षाकोठाबाहिर उभिन भनेपछि गौरी सावन्तको बायोपिक कथा सुरु हुन्छ।

१५ अगस्त २०२३ मा ओटीटीमार्फत रिलिज गरिएको ‘ताली’मा गौरीको लडाइँले सबैमा प्रेरणा, उत्साह, पहिचान एवं अस्तित्वको कहानी दर्शाउन खोजेको छ। गणेशले विगतको इतिहाससँगै उसले गरेका भोगाइ र लडाइँले सुप्रिम कोर्टले तेस्रो लिंगीको मान्यता दिलाउन सफल साथै सन् २०१९ मा महाराष्ट्र इलेक्सन कमिटीको ब्रान्ड एम्बेसडर बन्न सकेको सकस नै गणेश हुँदै गौरीको बायोपिक कहानी ‘ताली’ हो।

गौरी सावन्त यौनिक लैंगिक समुदायमा परिचित नाम वा सामाजिक कार्यकर्ता, अभियन्ताका रुपमा परिचित छन्। सन् १९७९ जुलाई २ मा भारत महाराष्ट्रको पुणेमा गणेश नन्दनका नामले जन्म भएको हो। सन् २००० मा ‘सखी चार चौघी’ नामक संस्थामार्फत अल्पसंख्यक समुदायको सहायता तथा हितका लागि काम सुरु गरेकी थिइन्। सन् २००६ मा उनले यौन पेसामा काम गर्ने महिलाबाट जन्म लिएकी एक बालिकालाई ‘गायत्री’ नाम दिई पालेकी छन्। अहिले पनि धेरै यौन व्यवसायमा लागेर जन्म भएका बच्चाको लालनपोषणमा लागेकी छन्।

वास्तविकतामा गौरीलाई उनको समुदायले भगवान्को नै दर्जा दिएको छ। परिवार, समुदायले गर्ने छिःछिः, लाल्छना, हेपाइ, भेदभावको आन्दोलनले गणेशलाई गौरी बनाएको हो। सोही कारण अहिले यो समुदाय खुलेआम हिँड्न, बोल्न र आफ्नो पहिचान देखाउन सहज बनाएको छ। आममानिसलाई उनीहरूले हेर्ने दृष्टिकोण नै अलग छ र सम्मानपूर्वक जीवनयापन गर्न सकेका छन्।

जन्मँदा पुरुष र वयस्क हुँदै गएपछि विस्तारै हाउभाउमा परिवर्तन, स्वर सुरिलो हुँदै जानु, महिलाका शृंगारका सामान लगाउन मन पर्नु, चुरा पोते, टीका लगाउनु, केटीको कपडालगायत सामान प्रयोग गर्दै जानुले नै आफू बाहिर केटा देखिए पनि भित्री मन केटीजस्तो फरक सोच आउनु गणेशको दिनचर्या बन्न थाल्छ। घरको रोकावटमा आमाको सहयोग हुने तर अन्यको सहयोग नपाउँदा हुने दुःख,संघर्ष नै यस सिरिजमा तेस्रो लिंगीको भूमिका निर्वाह गर्ने सुस्मिता सेनको चरित्र वा अभिनय गज्जब देखिन्छ।

माया, प्रेम, रोमान्सजस्ता चरित्रमा अभिनय गर्दै गरेकी सुस्मिता सेन अघिल्लो पटकको ‘आर्या’ सिरिजपछिको यो ‘ताली’ मा गरेको अभिनय ताली बजाउनलायकै छ।

वास्तविकतामा गौरीलाई उनको समुदायले भगवानको नै दर्जा दिएको छ। परिवार, समुदायले गर्ने छिःछिः, लाल्छना, हेपाइ, भेदभावको आन्दोलनले गणेशलाई गौरी बनाएको हो। सोही कारण अहिले यो समुदाय खुलेआम हिँड्न, बोल्न र आफ्नो पहिचान देखाउन सहज बनाएको छ।

महाराष्ट्रको मराठी परिवारमा हुर्केको गणेश १६ वर्षको कलिलो उमेरमा घरबाट मुम्बई भागेर हिँडेपछि गौरी बन्न कस्तो समस्या, बाधा–अड्चन आउन सक्ने उक्त सिरिजमा देखाइएको छ। घरबाट गएपछि आफ्नो सन्तान म¥यो भनेर पुलिस बुबाले अन्त्येष्टिसम्म गरेको दृश्य भावविह्वहल बनाउँछ।

न कहिले मागेर भीख माग्दै हिँड्ने न त कहिले छक्का हिजडालाई काम नपाएपछि यौन पेसामा लाग्न प्रेरित गर्नेमा आफू अरुभन्दा कुरुप (सुन्दर देखिँदा सबैले गलत नजरले हेर्नु)हुनुको फाइदा पनि भएको देख्न सकिन्छ। आफ्नै समुदायले गर्ने शत्रुता व्यवहारलाई कसरी साथ, सहयोग गरी आफूसँगै खिच्न सफल देखिएकी छन्। कथासँगै एचआईभी/एड्स रोगबारे सचेतना कार्यक्रम गरेको देखिन्छ।

आफूजस्तै साथी–संगतमा किशोरदेखि मुम्बईमा बसेर वयस्क बन्छ। साथै, आफ्नो पहिचान थाहा नदिन लुकाएर राख्न थाल्छ र आफूजस्तै तेस्रो लिंगी साथीहरूको खोजी समस्या सुधार्न लागिपर्छ। ट्रान्सजेन्डर कम्युनिटीसँग आबद्ध रहेपछि त्यही समय एउटा अपरेसनबाट लिंग परिवर्तन गर्ने मनसाय लिएपछि गणेशबाट गौरी (सुष्मिता सेन) बन्न थाल्छ।

गौरीले ट्रान्सजेन्डर समुदायका लागि लडेको कानुनी लडाइँ, समुदायको अधिकार हासिल गर्न गरेको संघर्ष देखाइरहँदा बेलाबेला ‘फ्लैस बेक’मा कहानी मोडिएको हुन्छ। विगत र वर्तमानलाई सँगसँगै देखाउँदा कता–कता कहानी धेरै सुस्त गतिमा बगेको भान हुन्छ। सोही कारण दर्शकलाई कहानी अगाडि बढाउन सके हुन्थ्यो भन्ने पनि हुन्छ। आफ्नो भारतीय नागरिकता, चुनावमा भोट दिने स्वतन्त्रता, पासपोर्ट, चुनाव लड्ने अधिकारमा सफलता मिल्ने, समुदायका मुद्दा देखाउँदा शरीरका रौं नै ठाडा हुने र इमोसनल दृश्य उम्दा लाग्छ।

घरको रोकावटमा आमाको सहयोग हुने तर अन्यको सहयोग नपाउँदा हुने दुःख, संघर्ष नै फिल्ममा तेस्रो लिंगीको भूमिका निर्वाह गर्ने सुस्मिता सेनको चरित्र वा अभिनय गज्जबै देखिन्छ।

सिरिजमा कहीँ पटकथामा केही कमी महसुस हुन्छ। तेस्रो लिंगीबारेमा देखाए पनि वास्तविक तिनको पीडा कस्तो खालको हुन्छ, त्यहाँसम्मको गहिराइमा नपुगेको हो कि वा देखाउन नसकेको भन्ने पनि लाग्छ। सतही रुपमा प्रस्तुत भएजस्तो लाग्छ र केही सुस्त गतिको प्रस्तुतिले सिरिज लामोभन्दा चलचित्र बनाउँदा उपयुक्त ठानिन्छ।

निर्देशकीय क्षमतालाई मान्नैपर्दछ। नेसनल अवार्ड प्राप्त रवि जाधवका पछिल्ला मराठी चलचित्र न्यूड, बाल गन्धर्व, नटरंगजस्ता चलचित्रभन्दा यस सामाजिक विषयवस्तुलाई गहिरो अध्ययन–अनुसन्धान गरी वायोपिक रुपमा ‘सोसियल इस्यु’मार्फत कलाकारलाई न्याय दिलाउन सफल छन्। अंकुर भाटिया, ऐश्वर्य नरकार, सुभ्रत जोशीलगायतका कलाकारको अभिनय गज्जबै छ। निर्देशकले वेभ सिरिज ‘ताली’लाई ट्रान्सजेन्डर समुदायको समस्या र उत्थानलाई केही गहराइसम्म पेस गर्ने क्षमता राखेका छन्। साथै, यौनिक समुदायका जीवनमा हुने उतारचढाव, मन–मष्तिस्कले सोच्ने मनोसामाजिक चिन्तन र उनीहरूका सवालमा वकालत गर्न यस सिरिजले सहज तुल्याएको छ।

मुख्य पात्र गणेशको कृतिका देव र गौरीको सुष्मिता सेनको अभिनयमा बोल्ने लबज, बोलचाल, लुक्स, गौरीको जस्तो मराठी र अंग्रेजी प्रस्तुति शैलीमा उनको बोल्ड आवाजलाई मोडुलेसन गरी पुरुषको जस्तो आवाजले दर्शकलाई मज्जाले बाँध्न सकेको छ। हल्का मोटो शरीर र अनुहारमा केही छुस्स दारी देखाउने बनाएर प्रस्तुति गर्नु सुस्मितालाई ठूलो चुनौती थियो। डायलग डेलिभरी भरपुर देख्न सकिन्छ, जसलाई क्षतिज पतवद्र्धनले लेखेका छन्।

पहिले–पहिले नाच्ने, गाउने, ताली बजाउँदै रेल र गल्लीहरूमा हिँड्ने, हेलाहोचोको दृष्टिले हेर्ने हिजडा, छक्काको पद दिने अहिले उनीहरू ताली बजाउने होइन, अरुलाई ताली बजाउन बाध्य पार्ने खाले काम र आत्मसम्मान बवृद्धि गर्न मद्दत पुर्‍याउन सक्ने यस ६ शृंखलामा ३ घन्टासम्मको सिरिजले गौरीको सम्पूर्ण जीवनी देखाउन सिनेमाटोग्राफी राम्रो छ। तर, सम्पादन केही कम लाग्छ। गीत–संगीत ठीकै छ। सबै घटनालाई हुबहु देखाउन नसके पनि समुदायको आवाज र पहिचान देखाउन सिरिज केही हदसम्म सफल छ।

प्रकाशित: २०८० भदौ ९ गते शनिवार ०६:५१
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना