२०८३ कार्तिक १२ गते बुधबार

विद्यार्थीलाई डेभिडको मूर्ति देखाउँदा प्रिन्सिपलको जागिर चट्!

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १४
david
डेभिडको मूर्ति। तस्बिर : रोबर्टो सेरा/गेट्टी इमेजेज

अमेरिकास्थित फ्लोरिडाको एक विद्यालयमा एन्जेलोले बनाएको मूर्ति देखाएर विद्यार्थीलाई पढाउँदा प्रिन्सिपलले राजीनामा दिनुपरेको छ। ६ कक्षाको विद्यार्थीलाई अश्लील सामग्रीको देखाएर पढाएको अभिभावकहरूले आरोप लगाएपछि उनी राजीनामा बाध्य भएकी हुन्।

थालासी क्लासिकल स्कुलकी प्रधानाध्यापक होप कारासक्विलाले पुनर्जागरणकालीन (रेनेसा) कलाको प्रतिनिधित्व गर्ने डेभिडको मूर्ति देखाएको विषय विवादित बनेपछि राजीनामा दिनुपरेको हो। अभिभावक र बोर्डले अल्टिमेटम दिएपछि आफू राजीनामा गर्न बाध्य भएको कारासक्विलाले बताएकी छन्।

माइकल एन्जेलोले सन् १५०१ देखि सन् १५०४ सम्म लगाएर मार्बलबाट बनाएको यो मूर्ति पश्चिमा जगतमा पुनर्जागरणकालीन (रेनेसा) कलाको ‘मास्टरपिस’ मानिन्छ। डेभिडको यो मूर्ति १७ फिट अग्लो छ। डेभिडले राक्षस गोलिथलाई वध गरेको कथा बाइबलमा छ।

निर्वस्त्र पुरुष शरीरको यो कलाकृति कक्षा ६ का विद्यार्थीलाई देखाएर पढाउँदा अश्लील भएको भन्दै प्रधानाध्यापकले राजीनामा दिनुपरेको हो। ११/१२ वर्षका बालबालिकाका लागि तयार गरिएको पाठ्यक्रममा माइकल एन्जलोको ‘क्रियसन अफ एडम’ र र बोटीसेलीको ‘बर्थ अफ भेनस’ समावेश छ।

निर्वस्त्र पुरुष शरीरको यो कलाकृति कक्षा ६ का विद्यार्थीलाई देखाएर पढाउँदा अश्लील भएको भन्दै प्रधानाध्यापकले राजीनामा दिनुपरेको हो।

कारासक्विलाले विद्यालयमा प्राधानाध्यापकको जिम्मेवारी पाएको एक वर्ष पनि पुगेको छैन। अमेरिकी आउटलेट स्लेटसँग कुराकानी गर्दै विद्यालयका बोर्ड सदस्य बार्नी बिसप (तृतीय)ले गत वर्ष प्रिन्सिपपले विद्यार्थीहरूलाई माइकल एन्जोलेको कला डेभिड हेर्न नजान चेतावनी दिँदै अभिभावकलाई पत्र लेखेको उल्लेख गरेका छन्। तर यसपालि भने त्यसो नगरिएको बिसपको भनाइ छ। आफ्ना बालबालिकालाई के सिकाइँदैछ भनेर जान्न पाउने हक सबै अभिभावकमा भएको उनले भनाइ छ।

रानी भिक्टोरियाले १८५७ मा साउथ केन्सिङ्टन संग्रहालयलाई डेभिडको एक कपी उपहार दिएकी थिइन्। पछि त्यही प्रति भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयलाई दिइयो। रानी भिक्टोरियाले जब त्यो मूर्ति पहिलो पटक देखेकी थिइन्, मूर्तिको नग्नता देखेर उनी चकित भएकी थिइन्। त्यसपछि मूर्तिमा रहेको गोप्य अंग छोप्नका लागि पात टाँसिएको थियो।

भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयको वेबसाइटमा कुनै उच्चस्तरीय राजकीय भ्रमणका बेला मूर्तिमा गोप्य अंग छोपिने गरी पातहरु राखिने गरेको छ।

प्रकाशित: २०७९ चैत १४ गते मङ्गलबार १०:१३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना