अमेरिकास्थित फ्लोरिडाको एक विद्यालयमा एन्जेलोले बनाएको मूर्ति देखाएर विद्यार्थीलाई पढाउँदा प्रिन्सिपलले राजीनामा दिनुपरेको छ। ६ कक्षाको विद्यार्थीलाई अश्लील सामग्रीको देखाएर पढाएको अभिभावकहरूले आरोप लगाएपछि उनी राजीनामा बाध्य भएकी हुन्।
थालासी क्लासिकल स्कुलकी प्रधानाध्यापक होप कारासक्विलाले पुनर्जागरणकालीन (रेनेसा) कलाको प्रतिनिधित्व गर्ने डेभिडको मूर्ति देखाएको विषय विवादित बनेपछि राजीनामा दिनुपरेको हो। अभिभावक र बोर्डले अल्टिमेटम दिएपछि आफू राजीनामा गर्न बाध्य भएको कारासक्विलाले बताएकी छन्।
माइकल एन्जेलोले सन् १५०१ देखि सन् १५०४ सम्म लगाएर मार्बलबाट बनाएको यो मूर्ति पश्चिमा जगतमा पुनर्जागरणकालीन (रेनेसा) कलाको ‘मास्टरपिस’ मानिन्छ। डेभिडको यो मूर्ति १७ फिट अग्लो छ। डेभिडले राक्षस गोलिथलाई वध गरेको कथा बाइबलमा छ।
निर्वस्त्र पुरुष शरीरको यो कलाकृति कक्षा ६ का विद्यार्थीलाई देखाएर पढाउँदा अश्लील भएको भन्दै प्रधानाध्यापकले राजीनामा दिनुपरेको हो। ११/१२ वर्षका बालबालिकाका लागि तयार गरिएको पाठ्यक्रममा माइकल एन्जलोको ‘क्रियसन अफ एडम’ र र बोटीसेलीको ‘बर्थ अफ भेनस’ समावेश छ।
निर्वस्त्र पुरुष शरीरको यो कलाकृति कक्षा ६ का विद्यार्थीलाई देखाएर पढाउँदा अश्लील भएको भन्दै प्रधानाध्यापकले राजीनामा दिनुपरेको हो।
कारासक्विलाले विद्यालयमा प्राधानाध्यापकको जिम्मेवारी पाएको एक वर्ष पनि पुगेको छैन। अमेरिकी आउटलेट स्लेटसँग कुराकानी गर्दै विद्यालयका बोर्ड सदस्य बार्नी बिसप (तृतीय)ले गत वर्ष प्रिन्सिपपले विद्यार्थीहरूलाई माइकल एन्जोलेको कला डेभिड हेर्न नजान चेतावनी दिँदै अभिभावकलाई पत्र लेखेको उल्लेख गरेका छन्। तर यसपालि भने त्यसो नगरिएको बिसपको भनाइ छ। आफ्ना बालबालिकालाई के सिकाइँदैछ भनेर जान्न पाउने हक सबै अभिभावकमा भएको उनले भनाइ छ।
रानी भिक्टोरियाले १८५७ मा साउथ केन्सिङ्टन संग्रहालयलाई डेभिडको एक कपी उपहार दिएकी थिइन्। पछि त्यही प्रति भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयलाई दिइयो। रानी भिक्टोरियाले जब त्यो मूर्ति पहिलो पटक देखेकी थिइन्, मूर्तिको नग्नता देखेर उनी चकित भएकी थिइन्। त्यसपछि मूर्तिमा रहेको गोप्य अंग छोप्नका लागि पात टाँसिएको थियो।
भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयको वेबसाइटमा कुनै उच्चस्तरीय राजकीय भ्रमणका बेला मूर्तिमा गोप्य अंग छोपिने गरी पातहरु राखिने गरेको छ।
