काठमाडौँ- उदीयमान अर्थतन्त्र भएका देशहरूको साझा प्लेटफर्म ब्रिक्समा ६ वटा मुलुक थपिएका छन्। जोहानसबर्गमा जारी शिखर सम्मेलन थप ६ वटा देशलाई सदस्यता दिने निर्णय गरेको हो। सदस्य राष्ट्र थपिएपछि ब्रिक्सले आफ्नो नाम परिवर्तन गरेर ‘ब्रिक्स प्लस’ राख्ने भएको छ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट ब्रिक्समा थपिएका हुन्। पछिल्लो चरणमा थपिएका सबै सदस्य राष्ट्रको नाममा अंग्रेजी स्वरवर्णबाट सुरु हुने पदावली छ। यसअघि ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका थिए।
नयाँ देशले सन् २०२४ को जनवरीबाट ब्रिक्स प्लसको सदस्य बन्नेछन्। योसँगै ब्रिक्समा ११ देश आबद्ध भएका छन्।
नयाँ सदस्य थपिएसँगै ब्रिक्स प्लस थप सशक्त हुने बताइएको छ।


