२०८३ कार्तिक १२ गते बुधबार

पूर्वबैंकर उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
UMAKANTA_PAUDEL

काठमाडौं – पूर्वबैंकर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ। पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो।

बुद्ध परिनिर्वाणलगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन्। यो पुस्तक पनि पालि त्रिपिटकका आधारमा लेखिएको छ। त्यसैले यस पुस्तकले बुद्ध, उनको धार्मिक मन्तव्य र तत्कालीन परिस्थितिबारे प्रामाणिक जानकारी दिन्छ। बुद्धका विषयमा कतिपय अतिरञ्जित शास्त्रीय वर्णनको चिरफार गरी लेखिएको यस पुस्तकले तथ्य र तर्कका आधारमा वास्तविकता उजागर गर्ने प्रयास गरेको छ।

नेपाली भाषामा बुद्ध र तत्कालीन परिस्थितिबारे पालि त्रिपिटकका आधारमा प्रामाणिक जानकारी दिने पुस्तक साह्रै थोरै रहेको पुस्तकका लेखक पौड्याल बताउँछन्। ‘स्नातकोत्तर अध्ययनका सिलसिलामा म आफैंले यस्तो अनुभव गरेको छु। अध्ययनका क्रममा धेरैजसो हिन्दी र अङ्गे्रजीमा लेखिएका किताबले नै मैले काम चलाउनुपरेको थियो,’ उनले भने, ‘तर यस्ता पुस्तक नेपाली भाषामा पनि भइदिए यस विषयमा जानकारी चाहने जिज्ञासुलाई राहत महसुस हुँदो हो भन्ने मलाई लागिरहन्थ्यो!’

स्नातकोत्तरको शोधपत्र उनले पालि त्रिपिटककै एउटा लघु आकारको ग्रन्थ ‘सुत्तनिपात’लाई आधार बनाएर बुद्धकालीन समाजको एउटा सानो घेराको दिग्दर्शन गराउने हिसाबले लेखेका थिए। ‘यस पुस्तकको बीजरुप त्यसै शोधपत्रमा निहित रहेको मान्दा हुन्छ,’ लेखक पौड्याल भन्छन्, ‘त्यस बेलै शोधपत्रका जाँचकीमध्ये एक जनाले यसलाई पुस्तकाकारमा प्रकाशन गर्दा राम्रो हुने सुझाएका थिए। ६०-७० पृष्ठको बुद्धकालीन सीमित विषय मात्रै समाविष्ट त्यस शोधपत्रको प्रकाशनले न पाठकको धीत मथ्र्यो, न मलाई नै सन्तुष्टि मिल्थ्यो। त्यसैले मैले यसै विषयलाई आधार बनाएर सम्पूर्ण पालि त्रिपिटक सरसर्ती अध्ययन गर्ने विचार गरें। यसो गर्दा मात्रै त्रिपिटकमा लिखित प्रामाणिक जानकारी उपलब्ध हुन सक्थ्यो।’

पुस्तकमा लेखकले बुद्धकालीन समाजका सबै पक्षको उद्घाटन मात्र गरेका छैनन्, बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या गरी तिनलाई सरल भाषाशैलीमा प्रस्तुत पनि गरेका छन्। लामो अनुसन्धान गरी यो पुस्तक लेखिएको छ।

पुस्तकबारे इतिहासविद् डा. महेशराज पन्त भन्छन्, ‘पुस्तक राम्रो छ, अहिलेको समयमा यसरी अनुसन्धान गरी कमै पुस्तक लेखिन्छन्। पुस्तकमा पालिभाषाको टिप्पणीको सारांश स्रोतका रुपमा माथिपट्टि राख्नुभएको छ। किताबमा पालि भाषाको जस्ताको तस्तै अनुवाद भने खट्किन्छ। जस्ताको तस्तै अनुवाद पढ्न पाएको भए सुनमा सुगन्ध हुन्थ्यो।’

गहिरो अध्ययन, फराकिलो सन्दर्भ, मीठो अनुवाद, सरल शैली र चुस्त लेखनले पुस्तकले आफ्नो मन छोएको यस्तै पत्रकार विमल आचार्य बताउ“छन्। ‘बुद्धकालीन राज्य, धर्म, सङ्घ, वर्ण, संस्कृति, शिक्षा, चिकित्सा, आवास, लैङ्गिक विभेद, कृषि, क्रीडा, मनोरञ्जन आदि सजिलोसँग बुझ्न सकिने रहेछ,’ उनले भने।

बुद्धकालीन समयको एउटा दस्तावेजका रुपमा आएको पुस्तक प्रकाशन गर्न पाउँदा आफूलाई खुसी लागेको प्रकाशक फाइनप्रिन्टका नीरज भारीको भनाइ छ। ‘यस्ता अनुसन्धानात्मक पुस्तक कमै लेखिन्छन्,’ उनले भने, ‘पुस्तकले बुद्धकालीन समाजलाई चिनाउन राम्ररी सघाउँछ।’

प्रकाशित: २०८० भदौ ८ गते शुक्रबार ०९:५८
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना