चौधरी ग्रुपअन्तर्गत रहेको सीजी फिन्को २०औँ वर्षमा प्रवेश गरेको छ। कम्पनी दुई दशकमा प्रवेश गरेको उपलक्ष्यमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनीको विस्तारले आफूलाई प्रोत्साहित गर्ने गरेको बताए।
नेपालमा वैदेशिक मुद्रा भित्र्याउने जिम्मेवारीमा अब्बल सीजी विदेशमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा पनि सन्तोष व्यक्त गरे।
‘सीजी फिन्कोले मेरो बिजनेस करियरमा खास महत्व राख्छ। मलाई लाग्छ २० वर्षअघि सीजी फिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो। आज विप्रेषण उद्योग नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’, चौधरीले बताए।
आगामी दिनमा सीजी फिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ। ‘आगामी दिनमा सीजी फिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिँदै विप्रेषण उद्योगमाआफ्नो स्थान अझ मजबुत बनाउनेछ,’ अध्यक्ष चौधरीले बताए।
कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो। जस अन्तर्गत, मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमाशर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिषकुमार हमाल सम्मानित भएका छन्।
२००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ। देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ।


