२०८३ साउन १३ गते बुधबार

संसदीय समिति सभापतिको उम्मेदवारी मनोनयन आज, रास्वपा र राप्रपाले पनि खोजे ‘भाग’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
metting
फाइल तस्बिर

काठमाडौं– सत्तारुढ र मुख्य प्रतिपक्षी एमालेबीच भागबन्डा नमिल्दा ९ महिनासम्म रोकिएको ‘मिनी संसद्’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजदेखि अगाडि बढाइँदै छ। सेटिङमा पहिले नै भागबन्डा गरिएको संसदीय समिति नेतृत्वमा सत्तारुढ र मुख्य प्रतिपक्षीले आ–आफ्ना बिला पाइसकेका छन्।

तर, संसद्मा हाल चौथो र पाँचौं ठूलो दलका रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटै ‘बिलो’ पनि नदिइएपछि उनीहरुले आज राष्ट्रिय सभाका दुई र प्रतिनिधिसभाका १० गरी १२ संसदीय समितिका विभिन्न पदमा मनोनयन गरिने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरिसकेका छन्।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। हाल समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएका छन्।

संसद् सभा होस् वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु र प्रस्तावमाथि विभिन्न कोणबाट गहन बहस गरी टुंगोमा पुर्याउने काम संसदीय समितिबाटै हुने गर्छ।

संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्बाङ संघीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिक रूपमा उत्तरदायी हुने संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताउँछन्। उनले भने, ‘मूल थलो संसद् मूलभूत रूपमा औपचारिकतामा सीमित रहन्छ। संघीय संसद्ले सरकार र सिंगो मन्त्रिपरिषद्लाई जनताप्रति उत्तरदायी बनाउने काम संसदीय समितिमार्फत नै हुन्छ।’

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई, मुख्य प्रतिपक्ष एमाले तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीलाई एक सिट भागबन्डा गरिसकिएको छ।

प्रतिनिधिसभा नियमावलीमा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए÷गरेका कामकारबाहीका अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन र राय सल्लाह दिनसमेतका लागि संसदीय समिति रहने उल्लेख छ। अघिल्लो संघीय प्रतिनिधिसभा मातहतका १०, राष्ट्रिय सभाका चार र संयुक्त समितिका रूपमा रहेका दुई गरी १६ विषयगत समितिमध्ये ९ जनाको नेतृत्व महिलाले गरेको संसद् सचिवालयको रेकर्डमा उल्लेख छ।

संसदीय सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको कामलाई सहयोग गर्ने मुख्य जिम्मेवारीमा रहेका संसदीय समिति कानुन निर्माणदेखि कानुनको परीक्षण, कार्यपालिकाको कामको अध्ययन, विश्लेषण, निगरानी निर्देशनसम्मको कार्यजिम्मेवारीमा रहने बताए। उनले भने, ‘संसदीय समितिले बनेका कानुन कार्यान्वयनको अवस्था कस्तो छ भनेर परीक्षण अर्थात् अडिट गर्छ। सरकारको कामको अध्ययन र विश्लेषण गर्छ।’

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन्। पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्नेछन्।

सभापतिमा उम्मेदवारी दिँदै रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिनिर्वाचनमा उम्मेदवारी दिने भएको छ। शुक्रबार साँझ सिंहदरबारस्थित कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनका अनुसार समर्थक, प्रस्तावक र उम्मेदवार पुग्ने समितिमा उम्मेदवारी दिने तयारी पार्टीले गरेको हो।

‘जसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षले भागबन्डा गरेका छन्, त्यसमा हाम्रो सैद्धान्तिक विमति हो,’ परियारले भने, ‘त्यसैले केही समितिका सभापतिमा हामी उम्मेदवारी दिन्छौं।’

सत्तारुढ दलसँग छलफल गर्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाअन्तर्गतका संसदीय समिति सभापतिका लागि सत्तारुढ दलसँग छलफल गर्न नेता बुद्धिमान तामाङलाई जिम्मेवारी दिएको छ। शनिबार दिउँसो सिंहदरबारमा बसेको राप्रपाको संसदीय दलको बैठकले आज हुने समिति सभापति चयन प्रक्रियामा उम्मेदवारी दिने वा नदिनेबारे केही निर्णय नगरी सत्तारुढ र प्रमुख प्रतिपक्षी एमालेको धारणा बुझ्ने गरी बैठक स्थगित गरेको छ ।

१० वटा विषयगत समितिमध्ये कम्तीमा एउटा मात्रै भए पनि समिति सभापति पाउनुपर्ने अडान राप्रपाको छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले यसअघि नै संसदीय समिति सभापति भागबन्डा गरेकाले राप्रपाले ती दलसँग सभापति पाउनका लागि छलफल गर्न लागेको हो। सत्ता गठबन्धनमा आबद्ध प्रतिपक्षी राप्रपाभन्दा साना दललाई संसदीय समिति सभापति भागबन्डा दिइएकाले आफूहरुले पनि एउटा पद पाउनुपर्ने माग अगाडि सारिएको नेता तामाङ बताउँछन्।

प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका २ गरी १२ वटा समितिमा नेतृत्व छान्न बाँकी छ। त्यसका लागि ११ भदौमा निर्वाचन हुन लागेको हो। आज सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ। सभापतिका लागि दर्ता प्रस्ताव सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन्।

‘प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको चुनावका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम ९१० बमोजिम सभामुखले ११ भदौ २०८० दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ,’ प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ।

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको चुनाव हुने र त्यसको सूचना सचिवले ४८ घन्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ। प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित भोलि बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ।

यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची आज बेलुका साढे ४ बजे प्रकाशन गरिनेछ। यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ। दर्ता भएको प्रस्ताव सम्बन्धित समिति बैठकमा प्रस्तावकले सोमबार प्रस्तुत गर्नेछन्। समर्थकले त्यो प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ।

प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आजसम्म सभामुखलाई दिइसक्नुपर्नेछ। समिति सभापतिका लागि एक मात्र प्रस्ताव दर्ता भए समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।

प्रस्तावको सूचना एकभन्दा बढी भएमा दर्ताक्रमअनुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन्।

प्रकाशित: २०८० भदौ १० गते आईतबार ०८:४०
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना