२०८३ कार्तिक १२ गते बुधबार

मजदुरबाट मालिक बनेका राजनको कथा

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ १०
rajan

म्याग्दी- अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँको मालिक बनेका छन्। आत्मविश्वास, लगन, धैर्य र इमान्दार भए सफलता चुमिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनी सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाका स्रोत बनेका छन्।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाइ छाडेर विसं २०५८ माघमा काठमाडौँ पसेका लामा होटलमा खाना बनाउने, सरसफाइ गर्ने काम सिकेर एक वर्षपछि बागलुङ आए। बाग्लुङको विभिन्न ‘क्याफे’मा तीन वर्ष कुक र वेटर भएका उनी २०६२ असारदेखि कुकको रूपमा बेनीको होटलमा जोडिए।

भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने उनका लागि होटलको जागिर जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। उनको परिश्रम र इमान्दारिताबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बने।

‘होटलमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकेँ’, लामाले सम्झिए, ‘भान्छा व्यवस्थापन, अतिथि सत्कार र कर्मचारी व्यवस्थापन गर्ने कला पनि सिकेँ।’ विसं २०७२ मा बेनीको गणेशटोलमा आफैँ ‘लामा रेस्टुरेन्ट एन्ड भान्छाघर’ खोलेका उनले २०७६ मा अस्पतालचोकमा ३० पाहुना राख्न मिल्ने लामा ‘कुदाप’ लज सञ्चालन गरे।

तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ ‘चुल्हो’ हुन्छ। भान्छाघर र लजको दूरी करिब पाँच सय मिटर छ। दुई वर्षअघि भाडाको घरमा चलाएको लजसँगै जोडिएको चार आना जग्गा किनेका लामाले त्यहाँ पाँचतले पक्की घर बनाएर लजको क्षमता विस्तार गरेका छन्। सत्तरी जना क्षमताको भान्छाघर र ८० जना क्षमताको लजमा उनी, श्रीमती र भाइसहित १८ जना रोजगार छन्। घरभाडामा मात्र रु एक लाख ५० हजार तिर्ने भान्छाघर र लजमा रु पाँच करोडभन्दा बढीको लगानी छ।

‘घरबाट रित्तोहात निस्किएको हो, भाडा माझेरै भएको आम्दानी र अनुभवले आफ्नै घरजग्गा जोडेर लज चलाउने अवस्थासम्म आएको हुँ’, उद्यमी लामा भन्छन्, ‘केही ऋण लिएको छु। कमाएर तिर्दै जानेछौँ।’

होटलमा काम गर्दागर्दै एसएलसी र दश जोड दुई उत्तीर्ण गर्नुभएका उनले स्नातक तहसम्मको शिक्षा हासिल गरे। उनले नुवाकोटका १० जनाभन्दा बढी युवालाई बेनीको होटलमा काम लगाइएका छन्।

‘स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन। पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो’, उनले भने, ‘त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगेँ।’ बिहान ६ नबज्दै उठ्ने उनी राति सुत्ने बेलामा १२ बज्छ।

भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने उनका लागि होटलको जागिर जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। उनको परिश्रम र इमान्दारिताबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बने।

नेपाली, इन्डियन र कन्टिनेन्टल खानाका लागि लोकप्रिय बनेको रेष्टुराँ र लजको व्यवस्थापनमा बिहानदेखि बेलुकीसम्म उनी आफैँ सक्रिय हुन्छन्। उनलाई व्यवसायमा श्रीमती सारिका र भाइ अर्जुनको पनि साथ छ। उनीहरू आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्ने काममा अग्रसर हुन्छन्।

म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्य राजनको काम, मेहनत र सफलता युवाहरूका लागि प्रेरणाको स्रोत भएको बताउँछन्। ‘साथमा केही नलिई नुवाकोटबाट आएर मालिक बनेका राजनको सफलता प्रेरणादायी छ’, उनले भने, ‘मेहनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन।’

मगर समुदायको बाहुल्य बसोबास भएको म्याग्दीको होटल क्षेत्रमा ‘लामा’को पहिचान राजनले बनाएका छन्। मीठा परिकार, आत्मीय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजावट रेष्टुराँ र लजको विशेषता हुन्।

लामाले होटलको कोठालाई म्याग्दीका स्थानीय तह, हिमाल र पर्यटकीयस्थलबाट नामकरण गरेका छन्। धवलागिरि, अन्नपूर्ण, मङ्गला, मालिका, बेनी, रघुगङ्गा, खोप्रा, निलगिरि र गुर्जा नामकरण गरिएका कोठा, डाइनिङ लजमा शालिग्राम पाइने कालीगण्डकी नदीको शिला राखेर सजावट गरिएको छ।

मीठा परिकार, आत्मीय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजावट रेष्टुराँ र लजको विशेषता हुन्।

म्याग्दीको मालिका गाउँपालिकाको रुमको खानीको स्लेट भुइँमा बिछ्याइएको छ। स्थानीय जङ्गलको टुनी, सल्लाको काठबाट खाट, दराज, टेबुल र कुर्ची बनाउनुभएका उनले होटलको हल र भित्तामा म्याग्दीका पर्यटकीयस्थलको तस्बिर राखेर सजावट गर्ने तयारीमा छन्।

‘मेरो होटलमा आउने पाहुनलाई परिकारदेखि सजावटमा म्याग्दीको पहिचानको अनुभव दिलाएर पठाउने उद्देश्य हो’, उनले भने, ‘बेनीको होटल व्यवसायलाई मर्यादित पेसाका रूपमा स्थापित गराउने अठोट पनि लिएको छु।’ लज र रेस्टुरेन्टमा तामाङ परिकार थप गर्ने, काठमाडौँ, पोखरा, कुश्मा, बागलुङलगायत सहरमा होटलको शाखा विस्तार गर्ने राजनको योजना छ।

प्रकाशित: २०८० भदौ १० गते आईतबार ११:२४
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना