काठमाडौँ- नेपाली कांग्रेसले पहिलो पटक तीनदिने बीपी साहित्य महोत्सव कार्यक्रम आयोजना गर्दैछ। भदौ २४ देखि २६ सम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रममा ८ वटा कार्यक्रम हुने कांग्रेसले जानकारी दिएको छ। महोत्सवको मुख्य सत्रमा १२ विधा समावेश हुनेछन्।
नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बिपी कोइरालाको जन्मदिन भाद्र २४ लाई नेपाली कांग्रेस पार्टीले हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएकोमा यसपालिदेखि बीपी साहित्य महोत्सव गर्न लागिएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक सङ्घको संयोजनमा सम्पन्न हुने कार्यक्रममा सम्भाषणदेखि कविता, गजल र संगीत साँझ हुनेछन्। कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता तथा कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।
यस्ता छन् कार्यक्रम
(क) सम्भाषण (Key note speech)
(ख) सत्रहरु
( १) मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता (२) साहित्यमा पर्यावरण (३) समय र सबाल्र्टन (४) नेपालको मातृभाषा साहित्य (५) बिपीका आख्यानमा नारी (६) बिपीका आख्यानमा मधेश (७) बिपीका दृष्टिमा बिपी (८) बिपीले नपाएका १५ वर्ष (९) अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी (१०) समावेशिता, सामाजिक रुपान्तरण र बिपी (११) युवा स्रष्टामा बिपी पठन (१२) परिवारले बुझेका बिपी
(ग) कविता साँझ,
(घ) गजल साँझ
(ङ) साङ्गीतिक साँझ
(च) चित्रकला प्रदर्शनी
(छ) वृत्तचित्र प्रदर्शनी
(ज) ऐतिहासिक फोटो प्रदर्शनी



