काठमाडौ– गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा अष्ट्रेलियामा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा त्यहाँ जान लागेकी गायिका मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको हो ।
गायिका मल्ले आफ्नो सामाजिक सञ्जालमार्फत अष्ट्रेलियाले भिसा नदिएको र पूर्वनिर्धारित कार्यक्रम रद्ध गर्नुपरेको बताएकी छन् । उनले कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले भिसा नपाएको हुन सक्ने सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।


