काठमाडौं–दक्षिण अफ्रिकाको मुख्य सहर जोहानेसबर्गको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६३ पुगेको छ। त्यहाँको आपतकालिन व्यवस्थापन सेवाका अनुसार हालसम्म ६३ जनाको ज्यान गएको छ भने ४० बढी घाइते भएका छन्।
बीबीसीका अनुसार १ः३० बजे आगलागी भएको थियो। घटनास्थामा खोज र उद्धार कार्य जारी रहेको जनाइएको छ। आपतकालिन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको बीबीसीलाई बताएका छन्। उनले भनेका छन्, ‘हामीले ५२ वटा शव निकालेका छौं । ४३ जना सामान्य घाइते भेटिएको छ ।
स्यानीय रिपोर्टहरूले भवनमा बस्नेहरू प्रायः अन्य अफ्रिकी देशहरूबाट आएका आप्रवासीहरु रहेको बताइएको छ।


