२०८३ कार्तिक १२ गते बुधबार

पत्रकारितामा चासो राख्नेलाई कोसेली ‘विधागत पत्रकारिता’

 |  कमलकुमार बस्नेत
Sanket

कमलकुमार बस्नेत

काठमाडौँ, भदौ २३
bidhagat_patrakarita

काठमाडौँ- आम बुझाइमा पत्रकारलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ। त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुपर्‍यो नि’, भन्ने सोच कयौँमा हावी छ। तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी हुँदैन। तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे जिज्ञासा हुनैपर्छ, सबै क्षेत्रको आधारभूत ज्ञान ग्रहण गर्न सक्ने क्षमता हुनुपर्छ।

सबै क्षेत्रको ज्ञान भए पनि कुनै एक विधामा भने पत्रकार दक्ष या विज्ञ हुनुपर्छ भन्ने मान्यता रहिआएको छ किनभने कुनै एक वा दुई विधामा पोख्त हुने हो भने त्यस्ता पत्रकारले लेख्ने समाचार तुलनात्मक रूपमा सही र तथ्यपरक हुन्छ भन्ने अपेक्षा बढी गर्न सकिन्छ। त्यसैले पनि पत्रकारिता जगत्मा विधागत पत्रकारिता अर्थात कुनै एक विधामा केन्द्रित भएर गरिने पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या बढ्दो छ। त्यसैले पहिलेको पत्रकारितामा पत्रकारले सबथोकको सतही ज्ञान हुन्छ तर कुनै विषयमा पनि विज्ञता हासिल गरेका हुँदैनन् भन्ने गरिएकामा अहिले भने पत्रकारहरूले सबथोकको ज्ञान राख्छन् र कुनै एक विषयमा विज्ञ हुन्छन् पनि भन्न थालिएको छ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार रजिष्ट्रारको कार्यालयले हालै प्रकाशन गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ पनि यसैमा केन्द्रित छ। चार सय २५ पृष्ठको यस हाते पुस्तकमा पत्रकारिता क्षेत्रमा लामो अनुभव सँगालेका २० जना लेखकले विधागत पत्रकारिता के हो भन्ने विषयमा आधारभूत जानकारीसँगै आ–आफ्ना परिष्कृत ज्ञान समेटेका छन्। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, सक्रिय पत्रकार तथा सञ्चारकर्मी, अध्येता तथा विशेषज्ञलाई लक्षित गरी तयार पारिएको हाते पुस्तकमा चलनचल्तीका अधिकांश विधागत पत्रकारितालाई समेट्ने प्रयास गरिएको छ।

नेपाली पत्रकारिता ‘विधागत पत्रकारिता’ बाटै सुरुआत भएको पाइन्छ। पछिल्लो समय सञ्चारमाध्यमको बढ्दो सङ्ख्यासँगै विधागत पत्रकारिताले पनि फस्टाउने मौका पाएको छ। सञ्चारमाध्यम पनि विधागत पत्रकारिताअनुसारनै सञ्चालन हुन थालेका छन्। जसमा आर्थिक, वातावरण, स्वास्थ्य, प्रविधि, अपराधलगायतका पत्रकारिता लक्षित सञ्चारमाध्यम सञ्चालन भइरहेका छन्।

विधागत पत्रकारिताको क्षेत्र फराकिलो भए पनि नेपालमा भूगोलका हिसाबले काठमाडौँ उपत्यकामा मात्रै सीमित भएको देखिन्छ। काठमाडौँ उपत्यका बाहिरका पत्रकारको हकमा सबै विधामा समाचार लेख्नुपर्ने बाध्यताका बीच यस हाते पुस्तकमा लेखकहरूले पत्रकारले विधागत पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छ।

हाते पुस्तकमा लेखक तथा पत्रकारले आआफ्नो विधागत पत्रकारिताको महत्त्व, अनुभव, उक्त क्षेत्रसँग सम्बन्धित आधारभूत ज्ञान, समाचार सङ्कलन तथा लेखन सीप, स्रोतको पहिचान, विविधता, सम्बन्धित विधासँग जोडिने शब्दको चयन र प्रयोग तथा चुनौतीलगायत विषयमा सहज भाषामा बुझाउने प्रयास छ। साथै विधागत पत्रकारिता गर्न चाहनेका लागि यसको विधि, प्रक्रिया, न्यूनतम आधारभूत ज्ञान, सन्दर्भ सामग्री, शब्दावली चयनलाई पनि मिहिन ढङ्गले प्रकाश पारिएको छ।

मोफसलमा काम गर्ने पत्रकारले विधागत पत्रकारिता गर्न नपाइरहेको गुनासोका बीच उनीहरूलाई पनि लक्षित गरी पुस्तक तयार पारिएको बताउँछन्।

खासगरी विधागत पत्रकारितामा पाइला चाल्ने क्रममा रहेका पत्रकार र सक्रिय पत्रकारितामा संलग्नलाई विधागत पत्रकारितालाई अझ परिष्कृत बनाउनका लागि सूचना सङ्कलनदेखि समाचार लेखनमा सहयोगी हुने गरी लेखकहरूले जोड दिएका छन्। साथै सम्बन्धित विधागत पत्रकारिता मुलुक, समाजका लागि किन महत्त्वपूर्ण छ? साथै सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारको जिम्मेवारी र भूमिका, आचारसहिंता पनि पुस्तकमा समेटिएको छ।

पत्रकारितालाई निष्पक्ष, वस्तुगत र सन्तुलित ढङ्गले अगाडि बढाउन के कस्ता विषयमा पत्रकारले ध्यान दिने विषयलाई पनि पुस्तकमा समावेश गरिएको छ। पुस्तक विश्वविद्यालयका विद्यार्थीका लागि पठनीय सामग्री बनेको छ भने सक्रिय पत्रकारलाई पुस्तकले मार्गनिर्देश गर्नेछ। साथै अध्येता र विशेषज्ञलाई उपयोगी सामग्री बनेको छ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा आफ्नै बुझाइका आधारमा विधागत पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या काठमाडौँमा धेरै भएको भन्दै मोफसलमा काम गर्ने पत्रकारले विधागत पत्रकारिता गर्न नपाइरहेको गुनासोका बीच उनीहरूलाई पनि लक्षित गरी पुस्तक तयार पारिएको बताउँछन्।

‘सूचना प्रविधिको बढ्दो विकास र विस्तारका कारण जिल्ला वा स्थानीय तहमा बसेर पनि विधागत पत्रकारिता गर्न सकिन्छ तर उनीहरूलाई उपयुक्त अध्ययन सामग्रीको खाँचो छ। त्यही खाँचो पूरा गर्न सञ्चार रजिष्ट्रारको कार्यालयले विधागत पत्रकारिता हाते पुस्तक तयार पार्ने एक वर्ष अगाडिको परिकल्पनालाई अहिले साकार रूप दिइएको हो,’ उनले भने।

विधागत पत्रकारिता हाते पुस्तक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, विधागत पत्रकारितामा रुचि राख्ने पत्रकार, अनुज पत्रकार, पत्रकारिता अध्यापन गराउने प्राध्यापक र पत्रकारितामा चासो राख्ने सबैका लागि उपयोगी हुने गरी तयार गरिएको छ। विश्वविद्यालयहरूले विधागत पत्रकारिता पुस्तकलाई अध्ययन सामग्रीकारूपमा उपयोग गर्ने उनको विश्वास छ।

‘जहाँ अभाव छ, त्यहाँ प्रादेशिक संरचनाले काम गर्नुपर्छ भन्नेमा गहिरो विश्वास राख्छु। त्यही विश्वासका आधारमा काम गर्दै आएको छु। सङ्घीय सरकारको प्राथमिकतामा नपरेका तर राष्ट्रिय आवश्यकता भएका विषय केन्द्रित गरेर नै सञ्चार रजिष्ट्रारको कार्यालयले काम गरिरहेको छ,’ उनले भने।

पुस्तकमा नेपाली पत्रकारितामा प्रचलित धेरै विधालाई समेट्ने प्रयास भए पनि वातावरण, जलवायु, शिक्षा, द्वन्द्वलगायत केही महत्त्वपूर्ण विषय भने छुटेका छन्। त्यसो त आर्थिक पत्रकारिता अन्तर्गतकै पूँजी बजारलाई छुट्टै लेखका रूपमा स्थान दिँदा त्यसबारे गरिहाइमा बुझ्न पनि सजिलो बनाइदिएको छ। सबै विधालाई पुस्तकमा नसमेटिएकोबारे कार्यालयले स्वीकार गर्दै यसको कारण पनि बताइसकेको छ। यद्यपि कार्यालयले विधागत पत्रकारिताको विकासका लागि गरेको यो प्रयास भने आफैमा सह्रानीय मान्न सकिन्छ।

पत्रकार विनोद ढुङ्गेलले सम्पादन गरेको पुस्तकमा रामकृष्ण रेग्मीले ‘राजनीतिक पत्रकारिता’, ध्रुवहरि अधिकारीले ‘परराष्ट्र तथा कूटनीतिक मामिला’, डा सुरेश आचार्यले ‘विकास पत्रकारिता’, एकराज पाठकले ‘स्वास्थ्य मामिलासम्बन्धी पत्रकारिता’, अनन्तराज लुइँटेलले ‘कानुन तथा अदालती पत्रकारिता’, केपी ढुङ्गानाले ‘अपराध मामिला रिपोर्टिङ’, हरिबहादुर थापाले भ्रष्टाचारका समाचार’ र श्रीराम पौडेलले ‘प्रदेश र स्थानीय तहको रिपोर्टिङ’ शीर्षकअन्तर्गत सम्बन्धित विधाको पत्रकारिता, यसको परिचय, सम्भावना, चुनौती तथा अवसरका साथै स्रोत, सूचना सङ्कलन, लेखनका विधिबारे पनि प्रष्ट पारेका छन्।

त्यसैगरी पत्रकार कुबेर चालिसेले ‘आर्थिक पत्रकारिता’, मुराहरी पराजुलीले ‘शेयर बजार रिपोर्टिङ’, विकास थापाले ‘ऊर्जा र जलस्रोत पत्रकारिता’, डा बद्रीप्रकाश ओझाले ‘कृषि मामिलाका समाचार’, दीपक सापकोटाले ‘विपद् मामिला पत्रकारिता’, कपिल काफ्लेले ‘मानवअधिकार पत्रकारिता’, नितु पण्डितले ‘महिला तथा बालबालिका मामिला रिपोर्टिङ’, कुमार यात्रुले ‘परम्परागत आदिवासी मामिला’, छत्र कार्कीले ‘विज्ञान–प्रविधि पत्रकारिता’, रोशन राउतले ‘खेलकुद पत्रकारिता’, रामनाथ घिमिरेले ‘कला तथा मनोरञ्जन पत्रकारिता’का शीर्षकमा विधागत पत्रकारिताका चुनौती, सम्भावना, विधि र प्रक्रिया, शब्दावली चयन र तिनको सही प्रयोग, कानूनी व्यवस्था र यसले समाजमा पार्ने प्रभाव र महत्त्वबारे उल्लेख गरेका छन्। -रासस

प्रकाशित: २०८० भदौ २३ गते शनिवार ०८:१३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना