२०८३ कार्तिक १२ गते बुधबार

वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बन्यो माछापुच्छ्रे बैंक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
machhapuchchhre_bank1682229900

काठमाडौं– माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक चालू आर्थिक वर्ष २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो । बैंकको शेयरधनीहरुलाई गत आवको मुनाफबाट रु. १,३६,४२,०१,६९२ र (चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९(चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको हो ।

बैंकले स्वीकृति पाएसँगै भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैँया संचित छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: २०८० भदौ २७ गते बुधबार ११:३३
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना