२०८३ कार्तिक १२ गते बुधबार

फिल्म ‘नांगो गाउँ’मा आखिर को नांगियो?

 |  पुष्पा थपलिया
Sanket

पुष्पा थपलिया

काठमाडौँ, भदौ ३१
nango_gau

इमान्दार शिक्षक पासाङ तामाङ (दयाहाङ राई) विद्यालयलाई राजनीतिबाट टाढा राख्न चाहन्छन्। तर सक्दैनन्। देश संघीयतामा गइसकेपछि विद्यालय शिक्षा स्थानीय सरकारको मातहतमा छ। केन्द्र सरकारले पठाएको तलवसमेत स्थानीय सरकारको हातबाट मात्रै विद्यालयले पाउँछ। स्थानीय सरकार रुष्ट भए शिक्षकको घरसमेत चल्दैन। यस्तै हविगत छ, पासाङको विद्यालयको पनि।

गाउँपालिका अध्यक्ष जरी लामा (शिशिर बाङ्ग्देल)ले हस्ताक्षर नगरिदिँदा महिनौं भयो, पासाङलगायत अन्य शिक्षकहरुले तलव नपाएको। उल्टै शिक्षण योग्यता नभएको पार्टी कार्यकर्तालाई विद्यालयमा जागिर खुवाउन दबाब दिन्छ जरीले। आफ्नै छोरालाई प्रयोग गरेर, कार्यकर्तालाई नेपाली शिक्षकको रुपमा भर्ति नलिएको भन्दै विद्यालयमा ताला लगाउँछ।

आम जनताको छोराछोरीको भविष्यमा लापरबाही गरेकाले हेडमास्टर, पासाङलगायत अन्य शिक्षकलाई यो कार्य सह्य हुँदैन। ताला खुलाउने मागसहित शिक्षक जरीको घर पुग्छन्। हरेक विकास निर्माणमा भ्रष्टाचार गरे पनि विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गर्छन्। जरी पनि अडिग छ। आफूले पठाएको कार्यकर्ता भर्ति नगरेसम्म विद्यालयको ताला नखोल्ने बताउँछ। अत्ति भएपछि रिसको झोकमा पासाङले सम्पूर्ण गाउँपालिकाबासी अध्यक्षसँग रुष्ट भएको तर अगाडि भन्न नसकेको बताउँछ।

सबै गाउँले रुष्ट छन् भन्ने बित्तिकै जरीको आत्मसम्मानमा ठेस पुग्छ र पासाङलाई ४ महिनापछि हुने स्थानीय निर्वाचनमा उठेर जित्न चुनौती दिन्छ। चुनावमा उठ्ने भएमात्रै विद्यालयको ताला खोलिदिने जरीको अडान हुन्छ।

फिल्मको विषयवस्तु गम्भीर भएपनि पटकथा कमजोर भएकाले फिल्म कमजोर बन्न पुग्यो। यसको मूल कथामा समेत समस्या भएकाले जगै कमजोर देखियो।

हुँदाखाँदाको सरकारी जागिर छाडेर पासाङले उम्मेद्धारी दिन्छ। चुनावलाई रोचक बनाउने भन्दै जरीले सर्त राख्छ, जसले चुनाव हार्छ, उ मतगणना स्थलबाट नाङ्गै घर जानुपर्ने। चुनावमा कसको हार, कसको जित होला त ? जरी र पासाङमध्ये को नाङ्गिएला ? थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ।

000

गएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु बालेन शाह, हर्क साङपाङ लगायतको अप्रत्यासित जितको प्रभाव नेपाली फिल्महरुमा देखिन थालेको छ। फलस्वरुप राजनीतिक फिल्महरु बन्न थालेका छन्। म त मर्छु कि क्या हो, छक्का पञ्जा ४, प्रसाद २ लगायत हालै प्रर्दशनमा आएको फिल्म एैचों पैचोंमा समेत चुनावी गमागर्मी मुख्य कथा बनेको छ। नाङ्गो गाउँ पनि चुनावको विषयवस्तुमा बनेको फिल्म हो।

कुरा सुरु गरौं फिल्मको बलियो पक्षबाट।

नयाँ पुस्तामाझ नराम्रो छाप छाडेको राजनितीक कथामा फिल्म बन्नु नै यसको सबैभन्दा सकारात्मक पाटो हो। फिल्मले मतदाता शिक्षा अपुग र योग्य मानिस उम्मेद्धार नबनेकाले राजनीति खराव भएको हो, यो आफैमा नराम्रो विषय हैन भन्ने प्रभाव छाड्न सफल छ। फिल्मले मतादाताहरुले गरेको सानो गल्तीले नेतृत्व छान्न कसरी गडबड हुन्छ भन्ने विषय समेटेको छ।

फिल्ममा सबैभन्दा सशक्त अभिनय शिशिर वाङ्देलको छ। एन्टागोनिस्टको भूमिकामा उनको अभिनय बलियो छ। उनमा भएको घमण्ड र शानले सामन्ती प्रवृत्तिलाई झल्काएको छ। त्यस्तै, जरीको छोराको भुमिकामा रहेका अंकित खड्काले गरेको अभिनयले पनि फिल्मको कथालाई अगाडी बढ्न सहयोग पुगेको छ। उनको गेटअपदेखि बोलेका हरेक संवादले दर्शक हाँस्छन्।

थुप्रै विरोधाभासहरू फिल्ममा देखाइएका छन्, जसले प्रमुख पात्र स्थिर छैन भन्ने देखाउँछ।

शंकरको भुमिकामा रहेका कर्माको अभिनय मौलिक छ, साम्राज्ञीलाई दिइएको भुमिका उनलाई सुहाउँदो छ। मिरुना मगरको अभिनय मौलिक छ तर उनि हुनु र नहुनुले फिल्मलाई खासै प्रभाव पार्दैन। दयाहाङ राईको अभिनय पुरानै छ, उनले नयाँपन दिन सकेका छैनन्।

फिल्ममा प्रयोग गरिएको गीतहरु खासै सम्झन लायकका छैनन्। फिल्मको कथालाई अगाडी बढाउन यी गितहरुको भुमिका छैन। ब्याकग्राउण्ड म्युजिक मध्यम छ। फिल्मको छायांकनमा केहि सटहरु राम्रा छन्। उदाहरणका लागि नयाँ त हैन, तर दुई उम्मेद्धार बाटोमा भेट भइसकेपछिको खिचाई सुन्दर छ। केहि सिम्बोलिक दृष्यहरु पनि फिल्ममा अटाएका छन्।

000

फिल्ममा मेहनत देखिन्छ तर केहि कमजोरीहरु सुधार्न सकेको भए अझै राम्रो हुन्थ्यो। कारण, गम्भिर विषयमा फिल्म बनेपनि यो कुनै संस्थाबाट पैसा लिएर बनाइएका सन्देशमूलक टेलिशृंखलाभन्दा माथि भने उठ्न सकेको छैन। यो फिल्मलाई चुनावताका निर्वाचन आयोगले टोलटोलमा देखाउने हो भने मतदाता शिक्षा भने गज्जवको हुन्छ।

अब कुरा गरौं यसभित्र भएका कमजोरीका बारेमा। यसको सबैभन्दा ठूलो कमजोरी पात्रको चरित्र लेखन हो।

फिल्ममा दर्शकले हिरोलाई आफू ठान्छ। त्यसैले प्रोटागोनिस्टको चरित्र लेख्दा दर्शकको भावना समेट्न सक्ने बनाउन जरुरी छ। तर फिल्ममा पासाङको भूमिका निकै कमजोर छ। पासाङको चरित्र निर्णय लिन नसक्ने, सानातिना कुरामा पनि परिवर्तन भइहाल्ने स्वभावको बनाइएको छ।

फिल्ममा सबैभन्दा सशक्त अभिनय शिशिर वाङ्देलको छ। एन्टागोनिस्टको भूमिकामा उनको अभिनय बलियो छ। उनमा भएको घमण्ड र शानले सामन्ती प्रवृत्तिलाई झल्काएको छ।

उदाहरणका लागि, मेडिकल चलाउने मधेशी पात्रले उचालेको भरमा ऊ गाउँपालिका अध्यक्षसँग लड्न जान्छ, चुनावमा उठ्दिन भन्छ तर फेरि श्रीमतीले उठ् भन्यो भनेर उठ्छ। आफूलाई सहयोग गर्छु भनेर हिँडेकाहरुले साथ दिएनन् भनेर उम्मेदवारी फिर्ता लिन्छु भन्छ फेरि गाउँले रिसाए भनेर चुनाव लड्छ। कहिले जनताको साथ छ भन्छ, कहिले जनताले साथ दिएन भनेर रोइलो गर्छ।

यी र यस्ता थुप्रै विरोधाभासहरू फिल्ममा देखाइएका छन्, जसले प्रमुख पात्र स्थिर छैन भन्ने देखाउँछ। निर्णय लिन नसक्ने कमजोर पात्र निर्माण भएकाले दर्शकले उक्त पात्रलाई अनुभुत गर्न सक्दैनन्।

त्यस्तै, पात्रलाई इमान्दारिताको पगरी गुथाएर देशमा सोझा मानिसको काम छैन भन्नेखालको अन्त्य देखाइएको छ। सबै दोष मतदातालाई देखाएर इमान्दार मानिसले गाउँ छाडेको देखाउनु पलायनवादी सोच हो। यस्ता पात्रमा दर्शकले आफूलाई देख्न चाहँदैन। त्यसैले प्रमुख पात्र र दर्शकको जस्तो सम्बन्ध बन्नुपर्ने थियो, त्यस्तो बन्दैन। पात्रसँग भावनात्मक सम्बन्ध नबन्ने बित्तिकै दर्शक त्यसमा रम्न सक्दैनन्।

कर्माले अभिनय गरेको शंकर पात्र सुरुमा सशक्त थियो तर त्यसलाई अन्त्यमा जस्तो देखाइयो, त्यसले पनि पात्रलाई न्याय दिन सकेन। आफुले सम्मान गरेको मानिसको कपडा खोल्दा समेत दर्शकहरुमा करुणा पैदा हुन नसक्नु फिल्मको अर्को कमजोर पाटो हो।

फिल्ममा मिरुनाको अभिनय रहेको निमा पात्रलाई एकदमै कमजोर देखाइएको छ। भूमिका पनि निकै कम दिएकाले उनी फिल्ममा अटाउनु र नअटाउनुको कुनै औचित्य छैन।

फिल्मको विषयवस्तु गम्भीर भएपनि पटकथा कमजोर भएकाले फिल्म कमजोर बन्न पुग्यो। यसको मूल कथामा समेत समस्या भएकाले जगै कमजोर देखियो।

मूल कथा कमजोर हुनुको कारण हरेक दोष मतदातालाई थुपार्नु हो। नेपाल अझै पुर्ण साक्षर बन्न सकेको छैन। कतिपय बिकट ग्रामिण स्थानमा अहिलेका नयाँ पुस्ताले समेत पढ्ने अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था छ।

शैक्षिक बेतिथिहरु धेरै छन्। संस्थागत विद्यालय दिनानुदिन महंगो भइरहेको छ। सामुदायिक विद्यालयमा स्थानीय सरकारको हस्तक्षेप बढेसँगै पठनपाठन झनै कमजोर हुँदै गइरहेको छ। यस्तो अवस्थामा फिल्म ‘नाङ्गो गाउँ’ ले उल्टै जनताको क्षमतामा प्रश्न उठाएको छ। समस्या नेतामा हैन, मतदातामा छ भन्ने भाष्य सिर्जना गरेको छ।

१०४ वर्षसम्मको राणा शासन, पञ्चायत हुँदै बल्ल कागजी रुपमा वाक् तथा अभिव्यक्तिको स्वतन्त्रता उपभोग गर्न थालेका नेपाली मतदातालाई पैसा र रक्सीमा बिकेको आरोप लगाउन हतार गरिहाल्न हुँदैन्थ्यो कि!

मतदाता शिक्षामा लगानी नगर्ने, गतिलो नेता उत्पादन नगर्ने र चुनाव लड्नका लागि साम-दाम-दण्ड-भेद सबै अपनाउनेहरुको सट्टा जनताले बिकेर चुनावमा राम्रा नेता छानिदिएनन् भन्नु अन्याय हुन जान्छ, भलै यसमा वास्तविकता लुकेको होस्।

समग्रमा फिल्मले उठाएको विषय जायज छ। नेपालको राजनितीमा चासो हुनेहरुले फिल्म ‘नाङ्गो गाउँ’ हेर्न नछुटाउँदा राम्रो हुने देखिन्छ। फिल्ममा मतदाताहरु किन रक्सी र मासुमा बिके भन्नेबारे पनि खुलाइदिएको भए मज्जा आउनेथियो।

निर्देशक दीपेन्द्र लामा, पहिले फिल्म समीक्षक थिए। उनले गरेका फिल्मका निर्मम समिक्षाहरुको फ्यान धेरै छन्। उनैले खनेको बाटोमा हिड्ने कोशिस गरेकाले लामाका फिल्ममा निर्मम समिक्षा गर्ने हक छ। किनभने आउने फिल्ममा यस्ता समस्या नदेखियोस्। कमसेकम उनि जत्तिको निर्देशकले बलिउडको फर्मूला पछ्याएर फिल्म निर्माण नगरुन्।

प्रकाशित: २०८० भदौ ३१ गते आईतबार ०२:१६
Sanket

पुष्पा थपलिया

थपलिया सामाज, कला, संस्कृति, मनोरञ्जन क्षेत्रमा रुचि राख्छिन्।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना