काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतर समूहको भेला बोलाएका छन्। मंगलबारका लागि तोकिएको भेलामा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई बोलाइएको छ।
१४औं महाधिवेशनपछि विश्व र प्रदीपलाई कोइरालाले पहिलो पटक समूह भेलामा सहभागी गराउन लागेका हुन्। विश्व–प्रदीपलाई आफूहरूको समूहमा भित्र्याउनका लागि कोइरालाले सक्रियता देखाएको उनीनिकटका नेताले बताए।
केन्द्रीय समिति बैठक सुरु हुनुभन्दा दुई दिन अघि मात्र विश्व–प्रदीपलाई समेत बोलाएर भेला गर्न लागिएको हो। कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बस्न तय भएको छ।
भेला शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्नेछ। केही दिनअघि विश्व–प्रदीप सहितको बैठक नेतालाई अर्जुननरसिंह केसीले बोलाएका थिए।


