काठमाडौं- बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेकी छन्।
भारतको आम आदमी पार्टीका सांसद राघव चड्ढा र चोपडाबीच आइतबार उदयपुरको होटेल लीला प्यालेसमा विवाह भएको हो।
दुवैको विवाहको तस्बिर पनि सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै परिणिति चोपडाले लेखेकी छन्, ‘हाम्रो मनले ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाटै एकअर्कालाई चिनेको थियो। लामो समयदेखि यो दिनको प्रतीक्षा थियो। अन्ततः श्रीमान् र श्रीमती बन्ने अवसर पायौं। हामी एकअर्काबिना बाँच्न सक्दैनौं।’








