एजेन्सी- इराकमा विवाह भोज कार्यक्रममा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। घटनामा १५० जनाभन्दा बढी घाइते भएका छन्।
आगलागीमा परी बेहुलाबेहुलीको समेत मृत्यु भएको छ।
इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ पौने ८ बजे आगलागी भएको हो।
भोज सुरु भएपछि उत्सव मनाउन थालेका बेला आगलागी सुरु भएको थियो।
आगलागीको कारण खुल्न सकेको छैन। आतिशबाजीका कारण आगलागी सुरु भएको हुन सक्ने आकलन छ।
इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई दुर्भाग्यपूर्ण घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन सबै प्रयासहरू परिचालन गर्न आग्रह गरेका छन्।


